हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर डिजाइनमा समेत ल्याउने भएको छ ।

कम्पनीले माभ्रिक ४४० मा आधारित स्क्र्याम्बलर–शैलीको मोटरसाइकलमा काम गरिरहेको हालै सार्बजनिक भएको यसको पेटेन्ट डिजाइनले खुलसा गरेको हो । बाइकमा केही कस्मेमिटक परिवर्तन गरिनेछ भने फिचर स्ट्यान्डर्ड माभ्रिक ४४० कै हुनेछ ।

सो नयाँ मोटरसाइकलको अगाडि गेटेड टेलिस्कोपिक फोर्क राखिनेछ । सानो विन्डस्क्रिन र ह्यान्डलबार ब्रेसको साथ गोलाकार हेडल्याम्प रहने माभ्रिक ४४० स्क्र्याम्बलरमा ट्यूबलर क्र्यास गार्ड र सम्प गार्ड पनि उपलब्ध हुनेछ । बाइकलाई स्ट्यागर्ड सेटअप सहित एलोई ह्विलसमेत उपलब्ध हुने अनुमान गरिएकोछ ।

स्ट्यान्डर्ड भर्सनमा जस्तै यसको स्क्र्याम्बलर भेरिएन्टमा पनि ४४० सिसी सिंगल सिलिन्ड इन्जिन प्रयोग हुने कम्पनीले जनाएको छ । उक्त इन्जिनले २७ बिएचपी र ३६ एनएम टर्क जनेरेट गर्दछ भने यसमा स्लिपर क्लचसहितको ६ स्पिड गियरवक्स उपलब्ध हुनेछ ।

प्राय साना सिसीका कम्युटर सेग्मेन्टमा काम गर्दै आएको हिरो मोटोकर्पले भारितय बजार विस्तारै प्रिमियम सेग्मेन्टमा सिफ्ट हुँदै गएपछि आफ्नो लाइनअपलाई थप परिष्कृत गर्दै लगेको छ । सोही क्रममा कम्पनीले हार्ले डेभिड्सनसंग सहकार्य गरी माभ्रिक मोडललाई बजारमा ल्याएको हो ।

सम्बन्धित समाचारहरू

नयाँ वर्ष अफरमा हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न अव २ दिन वाँकी

नयाँ वर्ष अफरमा हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न अव २ दिन वाँकी

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल...

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

होण्डा डिओलाई टक्कर दिन आउँदै हिरो जुम, यस्तो छ भिन्नता

डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...