नयाँ वर्ष अफरमा हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न अव २ दिन वाँकी
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल...
काठमाडौं – नेपाली बजारमा पहिलो पटक हिरोले १२५ सीसीको स्कुटर उपलब्ध गराएको छ । पहिले नेपाली बजारमा ११० सीसीको स्कुटर उपलब्ध भएकोमा अब १२५ सीसीको मेस्ट्रो एज उपलब्ध गराएको हो ।
विभिन्न विशेषताहरु उपलब्ध सो स्कुटर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । यसमा फस्र्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडल्याम्प रहेको छ । नयाँ स्लिक हेडल्याम्पले उच्च दक्षता, दोहोरो प्रकाश तीव्रता र सडकमा फराकिलो तथा टाढासम्म देख्न सकिने तुल्याउनका लागि प्रकाश विस्तार गर्न सक्दछ ।
डिजाइन
नयाँ मेस्ट्रो एज १२५ पूर्ण रूपमा नयाँ चम्किलो हेडल्याम्प, कुशल फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप संरचना, मास्क गरिएको विंकर र नयाँ प्रिज्म्याटिक रङहरू लगायत नयाँ डिजाइन तत्वहरूसहित प्याकेजिङ गरिएको छ ।
जडित विशेषता
मेस्ट्रो एज १२५ मा ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल स्पिडोमिटर रहेको छ । यसमा पास कीसँग पेरिङ, उत्कृष्ट डिस्प्लेसहित टर्न–बाइ–टर्न नेभिगेसन, मिस कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई (रियल–टाइम माइलेज इन्डिकेसन), इको इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छ ।
नयाँ रंगहरू
मेस्ट्रो एज १२५, छ रंगहरू–क्यान्डी ब्लेजिङ रेड, प्यान्थर ब्ल्याक, पर्ल सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, प्रिज्म्याटिक येलो र प्रिज्म्याटिक पर्पलमा उपलब्ध छ ।
इन्जिन
मेस्ट्रो एज १२५ ‘एक्ससेन्स टेक्नोलोजी’ सहित १२४.६ सीसी बीएस– सिक्स, अनुसारको ‘प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन’द्वारा सञ्चालित गरिएको छ । यसले ७०० आरपीएम ९ बीएचपीको पावर आउटपुट र ५५०० आरपीएम १०.४ एनएम ‘टर्क अन डिमान्ड’ प्रदान गर्दछ ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल...
हीरोले आफ्नो लोकप्रिय मोटरसाइकल ग्ल्यामरलाई नयाँ इन्जिन दिएर पुनः बजारमा...
सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...