के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

हाल विभिन्न अटोमोबाइल कम्पनीहरु इलेक्ट्रिक सवारी साधन निर्माण अभियानमा लागेका छन् । दुई पांग्रे सवारीको क्षेत्रमा लोकप्रिय कम्पनी हिरो मोटोकर्प समेत अब यसमा लाग्ने भएको छ ।

हिरो मोटोकर्पले इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने भएको छ । रिपोर्ट अनुसार आगामी वर्ष सन् २०२२ को पहिलो त्रैमासिकमा हिरोले अल न्यु इलेक्ट्रिक टु ह्विलर लन्च गर्नेछ ।

हिरो मोटोकर्पले हालै ताइवानी कम्पनी गोगोरोसँग यसका लागि सम्झौता गरिसकेको छ । गोगोरो विशेष गरी ब्याट्री स्वापिङ नेटवर्क बनाउनका लागि प्रसिद्ध मानिन्छ । गोगोरोले ताइवानमा इलेक्ट्रिक टु ह्विलर पनि बिक्री गरिरहेको छ । यो सम्झौता पश्चात पनि हिरोले नयाँ इलेक्ट्रिक टु ह्विलर बजारमा उतार्ने चर्चा चुलिएको छ ।

रिपोर्ट अनुसार हिरोले फिक्स्ड ब्याट्रीका साथै स्वापेबल ब्याट्री टेक्नोलोजी समेत गरी दुवै मोडलमा कार्य गरिरहेको छ । यी सबै कार्यका लागि हिरो र गोगोरोले संयुक्त रुपमा कार्य गरिरहेका छन् । यद्यपि हिरोले भारतीय बजारमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउछ वा मोटरसाइकल भन्ने वारेमा भने अहिले नै केही भन्न सकिदैन । त्यसैगरी कम्पनीले पनि यसको वारेमा आधिकारिक जानकारी दिएको छैन ।

त्यसैगरी अर्को समाचार अनुसार गोगोरोले हालै भारतीय बजारका लागि भिभो नामको मोडलको पेटेन्ट दर्ता गरेको छ । भिभाको नाम र डिजाइन दुवै दर्ता गरिएको छ । गोगोरोले उत्पादन गरेको सो कलरफुल र लाइटवेट स्कुटर इजी टु ह्विलरको रुपमा प्रचलित छ ।

भिभा बेसिक र किलेस गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । भिभामा ३ किलोवाटको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्ने मोटर छ । यसको सिंगल चार्जमा ८५ किलोमिटर रेन्ज छ भने ब्याट्रीसहितको तौल ८० किलोग्राम मात्र छ ।

स्कुटरमा एलईडी हेडल्याम्प, क्विर्की डिजाइन, स्मार्ट सेन्सर, सिंक्रोनाइज्ड ब्रेकिङ सिस्टम आदि फिचर छन् ।

यी सबैका आधारमा हिरो र गोगोरोको साझेदारीमा यो इलेक्ट्रिक स्कुटर लन्च हुने अनुमान गरिएको छ । यद्यपि यो गोगोरो वा हिरो, कुन ब्रान्ड नेममा आउछ भन्ने वारेमा भने अहिले नै केही भन्न सकिदैन ।

सम्बन्धित समाचारहरू

कोभिडको प्रभावः हिरोले भारतमा ६ प्लान्ट १ मेसम्म बन्द गर्ने

कोभिडको प्रभावः हिरोले भारतमा ६ प्लान्ट १ मेसम्म बन्द गर्ने

कोरोना भाइरसको दोस्रो लहरको प्रभाव अटो उद्योगमा देखिन थालेको छ । भारतमा...

हिरोले ल्यायो एक्स पल्स २०० फोरभीको -याली एडिसन, ग्राउन्ड क्लिरियन्स २७५ एमएम

हिरोले ल्यायो एक्स पल्स २०० फोरभीको -याली एडिसन, ग्राउन्ड क्लिरियन्स २७५ एमएम

हिरो मोटोकर्पले उच्च ग्राउन्ड क्लिरियन्स सहित एक्स पल्स २०० फोरभीको -याली...

हिरो मोटोकर्प र जिरो मोटरसाइकल बीच सम्झौता, प्रिमियम इलेक्ट्रिक बाइक ल्याउने

हिरो मोटोकर्प र जिरो मोटरसाइकल बीच सम्झौता, प्रिमियम इलेक्ट्रिक बाइक ल्याउने

हिरो मोटोकर्पले चाँडै प्रिमियम सेगमेन्टको इलेक्ट्रिक बाइक ल्याउने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...