हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना उत्पादनलाई प्रविधीमैत्री बनाउँदै लगेको छ । सोही क्रममा कम्पनीले प्यासन मोटरसाइकलमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र व्लुटुथ कनेक्टिभिटी फिचर थप गरेर एक्सटेक भर्सन लन्च गरको छ ।

ड्रम र डिस्क गरी कुल २ भेरियन्टमा लन्च गरिएको यो बाइकको मूल्य ड्रमलाई ७४ हजार ५ सय र डिस्कलाई ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो यसअघिको मोडलको तुलनामा क्रमश ५ हजार २ सय र ७ हजार ५ सय भारुले बढी हो ।

पूर्णत डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जडान गरिएको यो बाइकको डिस्प्लेबाटै एसएमएस तथा कल अलर्ट, रियल टाइम माइलेज इन्डिकेन्टर, लो फ्यूल वार्निङ, सर्भिस रिमाइन्डर र आफूसंग भएको फोनको व्याट्री लेवलका वारेमा जनकारी लिन सकिन्छ ।

यो नयाँ भर्सनमा साइड स्ट्यान्ड इन्डिकेटर र साइड स्ट्यान्ड कटअफ फिचर्स समेत थप गरिएको छ । यो फिचरका कारण वाइकको स्ट्यान्ड लगाउने वित्तिकै इन्जिन स्वत आफै वन्द हुन्छ । । व्रेकिङ सिस्टमलाई थप प्रभावकारी बनाउन यसमा कम्वाइन्ड व्रेकिङ सिस्टम पनि थप गरिएको छ ।

इन्जिन र पावरट्रेनमा कुनै परिवर्तन नगरिएपनि यसमा केही कस्मेटिक चेन्ज भने गरिएको छ । यो नयाँ भर्सनमा हिरो मोटोकर्पले एलइडी हेडल्याम्प दिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...

हिरो एक्सपल्स २०० किन्ने कि, एक्सपल्स २१० कुर्ने ? यस्तो छ भिन्नता

हिरो एक्सपल्स २०० किन्ने कि, एक्सपल्स २१० कुर्ने ? यस्तो छ भिन्नता

हिरो एक्सपल्स नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको मोटरसाइकल हो । २००...

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च, मूल्य कति ?

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च, मूल्य कति ?

हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...