हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?

काठमाडौं–हिरो मोटोकर्पले आफ्नो दुईवटा मोटरसाइकलको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले कुनै समय सर्बाधिक रुचाइएको एक्सपल्स २०० टी ४भी सहित एक्सट्रिम २०० एस ४भीको समेत उत्पादन बन्द गर्ने निर्णय गरेकोे हो ।

दुबै मोटरसाइकललाई धेरै पटक अपडेट गर्दा समेत बिक्री नबढेपछि अन्ततः कम्पनीले उत्पादन नै बन्द गर्न लागेको हो । यी दुबै मोटरसाइकलमा १९९.६ सिसीको एयर/आयल कुल्ड इन्जिन जडान गरिएको छ ।

एक्सपल्स २०० ४भीको तुलनामा १२ हजार भारु सस्तो भएपनि यी मोटरसाइकलको बिक्रीले गति लिन भने सकिरहेको थिएन । हिरो मोटोकर्पले पछिल्लो समय एक्सपल्स २१० लन्च गर्ने तयारी थालेको छ भने एक्सट्रीम रेन्जलाई थप विस्तार गर्दै लगेको छ ।

एक्सपल्ल २०० टी नेपाली बजारमा राम्रै संख्यामा बिक्री भएको मोटरसाइकल हो । भारतमा उत्पादन बन्द भएपछि भबिष्यमा यसको स्पेयर पार्ट्स लगायत अन्य सेवा प्रभावित बन्नसक्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...