यस्तो देखिने छ हिरोको इलेक्ट्रिक स्कुटर, १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक

हिरो मोटोकर्पले अब आउने इलेक्ट्रिक स्कुटरको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले चाँडै नै पहिलो इलेक्ट्रिक मोडल लन्च गर्ने तयारी गरिरहेको छ । हिरो मोटोकर्पका चेयरम्यान पवन मुन्जालले हिरो मोटोकर्पको १०औं वार्षिकोत्सवको अवसरमा नयाँ इलेक्ट्रिक स्कुटरको झलक सार्वजनिक गरेका हुन् । यद्यपि नयाँ स्कुटरको वारेमा पुरै जानकारी भने सार्वजनिक गरिएको छैन ।

हिरो मोटोकर्पको इलेक्ट्रिक सेगमेन्टमा यो पहिलो कदम हुनेछ । ईभी क्षेत्रमा बजाज अटो र टीभीएस जस्तो टु ह्वील कम्पनीको पहिला नै इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको छ । हिरो मोटोकर्पको भने यो पहिलो इलेक्ट्रिक स्कुटर हुनेछ । जसको प्रतिस्पर्धा ओला, बजाज र टीभीएससँग हुनेछ ।

टिजरमा देखिएको इलेक्ट्रिक स्कुटरको डिजाइन निकै स्लिक देखिएको छ । यसमा सेतो र कालो रङ, फ्लाईस्क्रिन र लामो सिटको संयोजनको साथमा घुमाउरो वडी डिजाइन गरिएको छ । सो इलेक्ट्रिक स्कुटरमा फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको टायर जडान गरिएको छ ।

यही वर्ष अप्रिलमा हिरो मोटोकर्पले ताइवानको कम्पनी गोगोरोसँग ब्याट्री प्याक र टेक्निकल सुविधाको लागि सम्झौता गरेको थियो । नयाँ इलेक्ट्रिक स्कुटरको डिजाइन गोगोरोको इलेक्ट्रिक स्कुटर जस्तो भने देखिने छैन । तर केही एलिमेन्ट्स जस्तै सिंगल साइडेड स्विंगआर्म बजाज चेतक जस्तो देखिनेछ ।

लन्चिङ पछि हिरोको नयाँ इलेक्ट्रिक स्कुटरको ओला इलेक्ट्रिक स्कुटर, बजाज चेतक इलेक्ट्रिक, एथर ४५०एक्स टीभीएस आईक्युबसँग प्रतिस्पर्धा हुनेछ । हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर यही वर्षको अन्तमा बिक्रीको लागि तयार हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार निसान लिफ वारे १० तथ्य

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार निसान लिफ वारे १० तथ्य

नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको केही महिना मात्र भएको छ ।...

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको...

अटोपाइलटसँग जोडिएको समस्या समाधानका लागि टेस्लाले २० लाख ईभी फिर्ता गर्दै

अटोपाइलटसँग जोडिएको समस्या समाधानका लागि टेस्लाले २० लाख ईभी फिर्ता गर्दै

टेस्लाले संयुक्त राज्य अमेरिकामा ठूला २० लाख विद्युतीय सवारी साधन (ईभी)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...