एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?
हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...
हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका विभिन्न स्थनमा डिलर आह्वान गरेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको यो कम्पनीले इलेक्ट्रिक स्कुटर आयत गरेर कारोवार थालेछि पहिलोपटक यति धेरै संख्यामा डिलर आह्वान गरेको हो ।
कम्पनीले अहिले काठमाडौंको त्रिपुरेश्वरमा शोरुम संचालन गर्दै आइरहेको छ भने निकट भवष्यिमै देशभर डिलर नेटवर्क विस्तार गर्ने योजना वनाएको छ । सोही योजना अनुरुप वुटवल, नेपालगन्ज, धनगढी, नारायणघाट, विरगंज, इटहरी र जनकपुरमा डिलर आह्वान गरिएको हो ।
नेपाली बजारमा यो ब्रान्डको तीनवटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये फोटोन एचएक्सको मूल्य २ लाख ४९ हजार ६ सय, एनवाइएक्स एचएक्सको २ लाख ८४ हजार ६ सय र अप्टिमा एचएक्स सिंगल व्याट्रीको २ लाख ९ हजार ६ सय र डवल व्याट्रीको ३ लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यी तीन स्कुटरमध्ये फोटोन एचएक्समा ७२ भोल्ट/२६ एम्पियर आवर क्षमताका लिथियम आयोन व्याट्री र १ हजार २ सय वाटको डिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ८ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ५ घण्टा लाग्नेछ भने अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।
एनवाइएक्स एचएक्समा ५१.२ भोल्ट/३० एम्पियर आवर क्षमताका दुइवटा लिथियम आयोन व्याट्री र ६ सय वाटको विएलडिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ६५ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्म लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।
यसैगरी अप्टिमा एचएक्स ५२.१२ भोल्ट/३० एम्पियर सिंगल र डवल दुवै व्याट्री अप्सनमा उपलब्ध छ । यो स्कुटरमा ५ सय ५० वाटको विएलडिसी मोटर जडान गरिएको छ, जसको पिक पावर १ हजार २ सय वाट रहेको छ । यो स्कुटरलार्य एकपटक फुल चार्ज गरेपछि सिंगल व्याट्रीले ८२ किलोमिटर र डुअल व्याट्रीले १२२ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्मको समय लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम उपलब्ध गराइएको छ ।
हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...
हिरो मोटोकर्पले भारतीय बजारमा ४४० सीसीको बाइक हिरो माभरिक लन्च गरेको छ ।...
हार्ले डेभिडसनले सबैभन्दा सस्तो बाइक हार्ले डेभिडसन एक्स४४० भारतमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...