यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर
काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...
हिरो इलेक्ट्रिकले १५ मिनेटमा फुल चार्ज गर्ने प्रविधिमा काम गरिरहेको बताएको छ । यसका लागि हिरोले बेंगलुरुको लग ९ नामक कम्पनीसँग साझेदारी गरेको छ । हिरोले लग ९ को इन्स्टा चार्जिङ -यापिडएक्स ब्याट्री प्याक प्रयोग गर्नेछ । लग ९ को ब्याट्रीको सहयोगले हिरो स्कुटरमा भएको ब्याटी १५ मिनेटमा फुल चार्ज हुने कम्पनीको दाबी छ ।
लग ९ इन्स्टा चार्जिङ ब्याट्री १० वर्षभन्दा बढी टिक्नेछ । ¥यापिडएक्स ब्याट्रीको प्रयोग माइनस ३० देखि ६० डिग्री सेल्सियस तापक्रममा प्रयोग गर्न सकिन्छ । सो ब्याट्रीमा सेफ्टी फिचर पनि सुसज्जित छ जसमा आगो लाग्दैन र तापक्रममा सुरक्षित रहन सुनिश्चित गर्छ ।
हिरो इलेक्ट्रिकको पोर्टफोलियोमा सबै इलेक्ट्रिक टु ह्वील सवारी साधनमा सजिलै रिप्लेस गर्न सकिने ब्याट्री उपलब्ध रहेको छ । हिरो इलेक्ट्रिकका सीईओ सोहिन्दर गिलले स्कुटरमा छिटो चार्ज गर्न सकिने लग ९ ब्याट्री भएका स्कुटर उपलब्ध गराएको जानकारी दिएका छन् । चालकले छिटो भन्दा छिटो ब्याट्री फुल चार्ज गर्न सक्ने जानकारी उनले दिएका छन् ।
नयाँ अनुसन्धानका अनुसार ईभीमा रहेको फास्ट चार्जिङ सिस्टमले यसको ब्याट्री बिग्रिरहेको छ । त्यसैले सवारीसाधनलाई चार्ज गर्नका लागि बढी समय दिनु बाध्यता भएको छ । त्यसैले ईभीको ब्याट्रीले केही मिनेटमै चार्ज गर्ने प्रविधि अपनाएमा छिट्टै चार्ज गर्न सकिन्छ भने यसको ब्याट्री चाँडै विग्रने खतरा पनि कम हुन्छ । यो अध्ययन ‘द इलेक्ट्रोकेमिकल सोसाइटी जर्नल’ मा प्रकाशित भएको छ ।
काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...
हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...
हिरो मोटोकर्पले आफ्नो लोकप्रिय स्पोर्टी मोटरसाइकल हिरो एक्स्ट्रिम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...