हिरो डेस्टिनीको नयाँ संस्करण फेस्टिभ सिजन अघि लन्च हुने, पहिलो टिजर सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो सबैभन्दा बढी बिक्री हुने स्कुटर हिरो डेस्टिनी १२५ को अपडेट संस्करण चाँडै लन्च गर्ने भएको छ । कम्पनीले हालै यसको टिजर सार्वजनिक गरेको छ, जसमा यसको नयाँ डिजाइन सार्वजनिक भएको छ । हिरो डेस्टिनीको डिजाइन भेस्पा र ल्याम्ब्रेटाको डिजाइन जस्तो देखिन्छ ।

नयाँ हिरो डेस्टिनी स्कुटरको अगाडिको एप्रोनमा नयाँ लाइटिङ सेटअप र कर्भी लेयरसहितको डिजाइनमा ठुलो परिवर्तन गरेको छ । कम्पनीले यसको फ्रन्ट फेन्डर, हेडलाइट, काउल र रियर भ्यू मिररमा परिवर्तन गरिएको छ । यसमा नयाँ ड्युअल टोन पर्ल ब्ल्याक कलर विकल्पको साथमा आउने अनुमान गरिएको छ ।

कम्पनीले जारी गरेको टिजर अनुसार नयाँ हिरो डेस्टिनी स्कुटरको साइडमा स्पोर्टी लुकको नयाँ ड्युअल टोन स्टेप देखिएको छ । यसको साइड प्यानल रेट्रो स्कुटर जस्तो स्मुद सर्फेसिङ देखिन्छ । साथै यसमा डेस्टिनीको थ्रिडी लोगोले स्कुटरलाई निकै आकर्षक बनाएको छ ।

नयाँ हिरो डेस्टिनी स्कुटरमा नयाँ एग्जस्ट शिल्ड दिइएको छ । पिलियन ब्याकरेस्टको डिजाइन परिवर्तन गरिएको छ । यसमा नयाँ अलोय ह्विल दिइएको छ । यसको टेल ल्याम्प र इन्डिकेटर पातलो युनिटले प्रतिस्थापन गरिएको छ । बाहिरी इन्धन फिलर क्याप पनि गोलाकारबाट वर्गाकारमा परिवर्तन गरिएको छ ।

सो स्कुटरको इन्जिनमा परिवर्तनको सम्भावना कम रहेको छ । नयाँ हिरो डेस्टिनी १२५ स्कुटरमा १२४.६ सीसी, एयर कुल्ड, एसआई इन्जिन जडान गरिनेछ, जसले ९ बीएचपी पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ डेस्टिनीका केही भेरिएन्टमा फ्रन्ट डिस्क ब्रेक हुनेछ । यसमा नयाँ सस्पेन्सन सेटअप हुनेछ । स्कुटरको अगाडिको टेलिस्कोपिक फोर्क र पछाडिको स्प्रिङ लोडेड हाइड्रोलिक ड्याम्परसहितको युनिट स्विङ पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

अझै पावरफुल इन्जिनका सात निलो कलरमा आउँदै छ हिरो एक्सपल्स २०० ? परीक्षणमा यस्तै देखियो

अझै पावरफुल इन्जिनका सात निलो कलरमा आउँदै छ हिरो एक्सपल्स २०० ? परीक्षणमा यस्तै देखियो

हिरो मोटोकर्पले एक्सपल्स २०० लाई अझै नयाँ भर्सनमा ल्याउँदै छ । हालै...

१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो

१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो

१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...