इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
हिरो मोटोकर्पले नयाँ २५० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । यसलाई हिरो एक्सट्रिम २५० को नामबाट लन्च गर्ने अनुमान गरिएको छ । कम्पनीले सो बाइकको लन्च मितिबारे भने केही जानकारी दिएको छैन ।
हिरोको सो नयाँ २५० सीसी स्ट्रीट-फोकस्ड नेकेड मोटरसाइकल हुनेछ, जसमा आक्रामक राइडिङ पोजिसन र स्पोर्टी लुक हुनेछ । बाइकमा फराकिलो र तलतिर स्लोपिङ ह्यान्डलबार, एक्सटेन्सनसहितको मस्कुलर फ्युल ट्याङ्की र एक्सपोज्ड फ्रेम प्रयोग गरिएको छ, जसले यसको लुकलाई थप आकर्षक बनाएको छ । यसमा शार्प एलईडी हेडलाइट र पखेटा जस्तो डेटाइम रनिङ लाइट छ जसले यसलाई आकर्षक बनाएको छ ।
टिजरमा बाइकको गोल्डेन कलरको अपसाइड डाउन फ्रन्ट फोर्क र बायब्रे डिस्क ब्रेक पनि देखिएको छ । साथै, रियरमा मोनो-शक सस्पेन्सन दिइएको छ। बाइकमा ड्युअल टोन कलर स्किम प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम लुक दिएको छ । प्रिमियम फिचरको रूपमा बाइकमा एलईडी लाइट, डिजिटल टीएफटी डिस्प्ले र ब्लुटुथ कनेक्टिभिटी जस्ता आधुनिक फिचर दिइएको छ ।
हिरो मोटोकर्पले सो बाइक नयाँ २५० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिनमा पेश गर्नेछ । यसको पावर र टर्कको बारेमा कम्पनीले केही खुलाएको छैन । सो बाइकले केटीएम ड्युक २५० बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ र अपडेटेड स्प्लेन्डर प्लस एक्सटेक लन्च...
काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...