एथर इनर्जीमा हिरो मोटोकर्प र भारत सरकारले १२ अर्ब भारु लगानी थप्ने

काठमाडौं–भारतमा ईभी बजारलाई थप चलायमान बनाउँन ठूला लगानीकर्ताहरूले उत्साहजनक रूपमा पूँजी थपिरहेका छन् । यसै क्रममा भारतको अग्रणी दुई–पांग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्प र भारत सरकारले संयुक्त रूपमा बैंगलोरस्थित ईभी स्टार्टअप कम्पनी ’एथर इनर्जी’ मा १२ अर्ब भारु लगानी गर्ने भएका छन् ।

यस मेगा लगानीमा हिरो मोटोकर्पको हिस्सा ९ अर्ब ६० करोड रुपैयाँ रहनेछ भने बाँकी २ अर्ब भारत सरकारले उपलब्ध गराउनेछ । एथर इनर्जीको सञ्चालक समितिले प्राथमिकताप्राप्त आधारमा जारी गरिने इक्विटी सेयर तथा वारेन्टहरू खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ ।

पूर्ण रूपमा नगदमा आधारित यस कारोबारमार्फत हिरो मोटोकर्पले एथरमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ । हाल एथर इनर्जीमा हिरो मोटोकर्पको २९.४८ प्रतिशत सेयर स्वामित्व छ । यस नयाँ लगानीको अन्तिम मूल्य निर्धारण पश्चात् हिरो मोटोकर्पको शेयर हिस्सा ३०.६८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सबै आवश्यक कानूनी र सञ्चालक समितिको स्वीकृति प्राप्त भएको १५ दिनभित्र यो कारोबार सम्पन्न हुने कम्पनीले जनाएको छ ।

एथर इनर्जीले बम्बे स्टक एक्सचेन्जलाई दिएको आधिकारिक विवरण अनुसार, यस वित्तीय चरणमा भारत सरकारको पनि प्रत्यक्ष साझेदारी रहनेछ । सरकारले ‘इन्डिया–जापान फन्ड’ (आईजेएफ मार्फत २०० करोड रुपैयाँ लगानी गर्ने निश्चित भएको हो ।

यो फन्ड भारत सरकार र ‘जापान बैंक अफ इन्टरनेसनल कोअपरेसन’ (जेबीआईसी) द्वारा संयुक्त रूपमा स्थापना गरिएको ६० करोड अमेरिकी डलर (करिब ४,९०० करोड भारु) को द्विपक्षीय जलवायु कोष हो, जसलाई नेशनल इन्भेस्टमेन्ट एण्ड इन्फ्रास्ट्रक्चर फन्ड (एनआईआईएफ) ले व्यवस्थापन गर्दै आएको छ ।

यस फन्ड रेजिङ अभियानमा बाह्य लगानीकर्ता मात्र नभई कम्पनीका सह–संस्थापकहरू तरुण मेहता र स्वप्निल जैन ले पनि व्यक्तिगत रूपमा २०/२० करोड रुपैयाँ बराबरको वारेन्ट खरिद गर्दै कम्पनीप्रतिको आफ्नो प्रतिबद्धता नवीकरण गरेका छन् ।

एथर इनर्जीले यो नयाँ पूँजीलाई उत्पादन क्षमता विस्तार, अनुसन्धान र विकास तथा फास्ट चार्जिङ नेटवर्कको विस्तार लगायत क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...