यस्तो छ नेपाली बजारमा उपलब्ध टाटा ईभीको मूल्य

टाटा मोटर्सले इलेक्ट्रिक कार सेगमेन्टमा आफ्नो अग्रणी स्थान कायम राखेको छ । हालसालै कम्पनीले कर्भ ईभीलाई आफ्नो ईभी पोर्टफोलियोमा थपेको छ । यद्यपि नेपाली बजारमा भने यो गाडी आउन अझै समय लाग्न सक्छ ।

नेपाली बजारमा सिप्रदी ट्रेडिङले टाटाका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा उपलब्ध टाटाका ईभी र मूल्य यस प्रकार रहेको छ ।

टाटा नेक्सन ईभी

नेपाली बजारमा हाल टाटाको नेक्सन ईभी म्याक्स उपलब्ध छ । एक्सजेड प्लस भेरिएन्टमा रहेको सो ईभीको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ छ । यसमा ४०.५ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको इलेक्ट्रिक मोटर छ । एआरएआईका अनुसार यसले सिंगल चार्जमा ४५३ किलोमिटरको रेन्ज दिन्छ ।

टाटा पन्च ईभी

हालको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी टाटा पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर छ । टाटा पन्च ईभीको आधिकारिक मूल्य कम्पनीले नाडा अटो शोबाट सार्वजनिक गर्ने जनाएको छ ।

टाटा टियागो ईभी

टाटा मोटर्सको सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभीको २७ लाख ४९ हजार देखि सुरु भएर २९ लाख ९९ हजारसम्म जान्छ । सो इलेक्ट्रिक ह्याचब्याकमा २४ किलोवाट पावरको ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा २५० किलोमिटर देखि ३१५ किलोमिटरसम्म रेन्ज दिन्छ । त्यसैगरी ४९ किलोवाटको मोटर छ ।

टाटा टिगोर ईभी

टाटा मोटर्सको इलेक्ट्रिक सेडान टिगोर ईभीको मूल्य ३५ लाख ९९ हजार छ । टाटा टिगोर ईभीले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ । टिगोर ईभीमा २६ किलोवाट आवरको ब्याट्री र ४८.६४ किलोवाटको मोटर छ ।

टाटा एक्सप्रेस–टी ईभी
नेपालमा ट्याक्सीको रुपमा प्रयोग गर्नका लागि टाटाले एक्सप्रेस–टी ईभी उपलब्ध गराइरहेको छ । एक्सप्रेस–टी ईभीमा २४ किलोवाट आवरको ब्याट्री र ४८.६४ किलोवाटको मोटर रहेको छ । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ । एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटरको रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट...

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

काठमाडौँ – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र पठाओ...

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...