यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी सिरोस ल्याएको छ। यसको एचटीकेलाई बेस भेरिएन्टको रुपमा प्रस्ताव गरिएको छ। यसमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ।

किया सिरोस एचटीके भेरिएन्टमा कम्पनीले एउटा मात्र इन्जिन विकल्प दिएको छ । यसमा १ लिटर क्षमताको टर्बो इन्जिन स्मार्टस्ट्रिम जी१.० टी-जीडीआई ६एमटी प्रदान गरिएको छ ।

यसमा कम्पनीले डिजिटल टाइगर फेस फ्रन्ट ग्रिल, आइस क्यूब हलोजन ल्याम्प, हलोजन टेलल्याम्प, हाई माउन्ट स्टप ल्याम्प, कभरसहितको १५ इन्चको स्टिल ह्विल, शार्क फिन एन्टेना, सिल्भर इन्टिग्रेटेड स्पोइलर, प्रिमियम ग्रे रुफ लाइनिङ, रुम म्याप र ल्याम्प, पावर स्टेयरिङ, सेन्ट्रल कन्सोल आर्मरेस्ट,  म्यानुअल एसी, राइजर एसी भेन्ट्स, अटो लाइट कन्ट्रोल, सनग्लास होल्डर, रिमोट की, १२ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले, ब्लुटुथ कनेक्टिभिटी, रियर भ्यु क्यामेरा, टाइप सी चार्जिङ पोर्ट, १२ भोल्ट सकेट जस्ता फिचर प्रदान गरिएको छ ।

साथै यसमा कम्पनीले सेफ्टीका लागि फ्रन्ट ड्युअल एयरब्याग, फ्रन्ट सिट साइड एयरब्याग, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, ब्रेक फोर्स असिस्ट सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, चाइल्ड लक, चार रियर पार्किङ सेन्सर, सबै सिटका लागि थ्री पोइन्ट सिट बेल्ट रिमाइन्डर, आईसोफिक्स चाइल्ड एन्कोरेज जस्ता फिचर उपलब्ध गराएको छ ।

हालै किया सिरोसको मूल्य सार्वजनिक गरिएको छ । यसको मूल्य ८ लाख ९९ हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...

३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड

३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड

कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार...

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...