रेन्ज बढेर आउँदै हेनरी भोल्ट, अव डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने

काठमाडौं–नेपाली ईभी बजारमा लोकप्रिय बनिरहेको मिनी कार हेनरी भोल्टको नयाँ मोडल लन्च हुने भएको छ । हेनरी भोल्टको नेपालका लागि आधिकारिक वितरक एस क्यूव इन्टरप्राइजेजले नयाँ मोडल सी प्रोलाई नाइमा मोबिलिटी एक्सपोमार्फत लन्च गर्न लागेको हो । सो नयाँ मोडलको मूल्य २३ लाख भन्दा कम निर्धारण हुने जनाइएको छ ।

नयाँ मोडल सी प्रोमा २५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटको फुल चार्जमा ३००(सिएलटीपी) किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । जुन यसअघिको भोल्ट एचमा जडान गरिएको १७.३ किलोवाट आवर ब्याट्री प्याकले दिनेभन्दा १०० किलोमिटर बढी हो ।

कारको मोटर समेत ३४ किलोवाट बाट बढाएर ३५ किलोवाट पुर्याइएको छ । जसले यसअघिको मोडलको तुलनामा ८ एनएम बढि टर्क जेनेरेट गर्ने क्षमता राख्दछ छ । यसअघिको भोल्ट एचले १०२ एनएम टर्क जेनेरेट गर्दै आएकोमा नयाँ मोडलले ११० एनएम जेनेरेट गर्ने कम्पनीको भनाई छ ।

नयाँ मोडल सी प्रोले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने कम्पनीको भनाई छ । मोडल एचले ३.३ किलोवाट क्षमताको एसी चार्जिङ मात्रै सपोर्ट गर्दै आएकोमा नयाँ मोडलले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर समेत सपोर्ट गर्नेछ । डिसी फास्ट चार्जरको सहायतामा यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

परिष्कृत इन्टेरियर सहित आउने यस कारमा ९ इन्चको सेन्टर टच स्क्रिन, ७ इन्चको इन्स्ट्रयुमेन्ट डिस्प्ले, एलईडी डिआरएलएस, हेलोजेन हेडल्याम्प, स्मार्ट की, रिमोट लकिङ, डुअल यूएसबी पोर्ट्स, डुअल टोन इन्टेरियर, स्पोर्ट स्टेरिङ ह्विल, इलेक्ट्रिक पावर विन्डो र ब्लुटुथ मिडिया सिस्टम पाउन सकिन्छ ।

यसैगरी, सुरक्षाका लागि यसमा सिंगल एयरब्याग, एबिएस, ईबीडी, हिल होल्ड एसिस्ट, आइएसओ फिक्स, रियर पार्किङ राडार, रिभर्स ईमेज क्यामेरा लगायत फिचर दिइएको छ । नयाँ कार लेमन ग्रिन, चेरी रेड, रबी ब्ल्याक र कोकोनट ह्वाइट गरी चारवटा कलर अप्सनमा उपलब्ध हुनेछ ।

गत नाडा अटो शोमा लन्च भएको हेनरी भोल्ट एच मोडलको अपार सफलतापछि कम्पनिले आफ्नो प्रोडक्ट लाइनअपमा नयाँ मोडल थप्न लागेको हो । हेनरी भोल्टका कारमा ग्राहकले छिटो, छरितो र प्रभावकारी सेवा पाउँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...

फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल भित्रिदै

फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल भित्रिदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने

भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने

भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने भएको छ । ‘क्लारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...