सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...
निकट भबिष्यमै लागु हुने तयारीमा रहेको सवारी तथा यातायात ब्यवस्था ऐन २०७७ मा मोटराइकल तथा स्कुटरमा सवार दुबै जनाले अनिबार्य हेल्मेट लगाउनुपर्ने प्राबधान लागु हुने भएको छ । हाल यो ऐनको ड्राफ्ट तयार भएर राय, सुझावको लागि कानुन मन्त्रालयमा पठाइएको छ । यो ब्यवस्था लागु भए मोटरसाइकल र स्कुटरमा सवार दुबै यात्रुले अनिबार्य हेल्मेट लगाउनु पर्ने छ । यसअघि एकपटक लागु भैसकेर बिबादमा आएको यो ब्यवस्थाले हेल्मेटको भने बजार बढाउने देखिएको छ ।
तत्कालिन समयमा लागु गरिएको यो ब्यवस्था ब्यवाहरिक नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले हटाएको थियो । त्यो समयमा समेत बजारमा हेल्मेटको माग अत्याधिक बढेको थियो । केही हेल्मेट ब्यावासयीको प्रभावमा परेर नियम लागु गरिएको भनेर सरकारको आलोचना समेत भएको थियोे । तर अहिले एकपटक अब्यवाहरिह ठहरिसकेको ब्यास्थालाई ऐनमै उल्लेख गरी अनिबार्य गर्न लागिएको हो ।
मोटरसाइकल र स्कुटरमा यात्रा गर्दा हेल्मेट प्रयोग गर्नु सुरक्षाका हिसावले अति उत्तम मानिएपनि यसको ब्यवाहरिक पक्ष भने त्यत्तिकै झन्झटिलो छ । यी सवारीसाधनमा प्राय दुई जनाले यात्रा गर्ने हुँदा पछाडी बस्ने यात्रुले समेत अनिबार्य प्रयोग गर्न झन्झटिलो देखिएको हो । यो नियम लागु भए यसअघिकै झै बिरोध हुने निश्चित प्राय देखिएको छ । ऐनमै उल्लेख भई कार्यन्वयनमा आएपछि बिरोध गर्नुले पनि खासै अर्थ नराख्न सक्छ । यदि कसैले बिरोध गरेर सरकारी नियमको उल्लघंन गरे ट्राफिक प्रहरीले कारबाही गर्ने भयका कारण पनि यात्रुले अनिबार्य हेल्मेट प्रयोग गर्नुको बिकल्प रहदैन ।
नयाँ नियम लागु भएको खण्डमा तत्कालै ३० लाख भन्दा बढी हेल्मेट आबश्यक पर्ने देखिएको छ । नेपाली सडकमा ३० लाख माथी मोटरसाइकल तथा स्कुटर गुड्दै आएको आधारमा त्यत्तिनै संख्यामा हेल्मेटको माग बढ्ने देखिएको हो । जसले हेल्मेटको बजार ह्वात्तै बढाउने देखिन्छ । यो नियम लागु भएपछि तत्कालै अर्बौ रुपैयाँ बराबरको नयाँ हेल्मेट आयत गर्नुपर्ने हुन्छ ।
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...
काठमाडौं – नयाँ सवारी चालक अनुमति पत्र लिनका लागि आज साँझ ६ बजे देखि अनलाइन...
काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...