भारतमा टाटा ईभी किन्ने ग्राहकलाई भारी छुट

भारतमा टाटा मोटर्सले आफ्नो ईभी रेन्जमा १ लाख ७१ हजार भारुसम्म छुट दिएको छ । कम्पनीले २०२४ मोडेलको स्टकमा भारी छुट योजना ल्याएको हो ।

सबैभन्दा धेरै छुट टाटा कर्भ ईभीमा प्रदान गरिएको छ । भेरिएन्ट अनुसार कर्भ ईभीमा १ लाख ७१ हजार भारु सम्मको उच्चतम छुट दिइएको छ ।

नेपाली बजारमा समेत हालै भित्रिएको कर्भ ईभी ४५ र ५५ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ भने यो क्रियटिभ, अकम्पलिस्ड र इम्पार्ड गरी कुल तीन भेरिएन्टमा उपलब्ध छ ।

यसैगरी नेक्सन ईभीमा १ लाख ४१ हजार भारुसम्म छुट प्रदान गरिएको छ । ३० र ४५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध नेक्सन ईभी १० भेरिएन्टमा बिक्री हुँदै आएको छ ।

टाटा मोटर्सको सबैभन्दा सानो ईभी टियागोमा १ लाख ३० हजार भारुसम्म छुट प्रदान गरिएको छ । यो इलेक्ट्रिक ह्याचब्याक १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टाटा अल्ट्रोज बन्यो भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार

टाटा अल्ट्रोज बन्यो भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार

टाटा मोटर्सको प्रिमियम ह्याचब्याक अल्ट्रोज भारत न्यु कार एसेसमेन्ट...

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल र भारत दुवै बजारमा पछिल्लो समय साना एसयुभीको माग बढिरहेको छ ।...

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

टाटाले आफ्नो सिएरा ईभी एसयूभीको लन्चिङ मिति सार्वजनिक गरेको छ । मिडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...