भारतमा टाटा ईभी किन्ने ग्राहकलाई भारी छुट

भारतमा टाटा मोटर्सले आफ्नो ईभी रेन्जमा १ लाख ७१ हजार भारुसम्म छुट दिएको छ । कम्पनीले २०२४ मोडेलको स्टकमा भारी छुट योजना ल्याएको हो ।

सबैभन्दा धेरै छुट टाटा कर्भ ईभीमा प्रदान गरिएको छ । भेरिएन्ट अनुसार कर्भ ईभीमा १ लाख ७१ हजार भारु सम्मको उच्चतम छुट दिइएको छ ।

नेपाली बजारमा समेत हालै भित्रिएको कर्भ ईभी ४५ र ५५ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ भने यो क्रियटिभ, अकम्पलिस्ड र इम्पार्ड गरी कुल तीन भेरिएन्टमा उपलब्ध छ ।

यसैगरी नेक्सन ईभीमा १ लाख ४१ हजार भारुसम्म छुट प्रदान गरिएको छ । ३० र ४५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध नेक्सन ईभी १० भेरिएन्टमा बिक्री हुँदै आएको छ ।

टाटा मोटर्सको सबैभन्दा सानो ईभी टियागोमा १ लाख ३० हजार भारुसम्म छुट प्रदान गरिएको छ । यो इलेक्ट्रिक ह्याचब्याक १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

चितवनमा टाटाको नयाँ शोरुम, टियागो इभी र पन्चको बिक्री सुरु

चितवनमा टाटाको नयाँ शोरुम, टियागो इभी र पन्चको बिक्री सुरु

चितवन– टाटा मोटर्सले आफ्ना उत्पादन विक्रीवितरणका लागि भरतपुरमा नयाँ...

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...