हार्ले डेभिडसन एक्स४४० रोडस्टर बाइक आधिकारिक रूपमा सार्वजनिक

हार्ले डेभिडसनले आधिकारिक रूपमा आफ्नो नयाँ बाइक एक्स४४० सार्वजनिक गरेको छ । यो हिरो मोटोकर्पसँगको सहकार्यमा बनाइएको हार्ले–डेभिडसनको पहिलो बाइक हो । हिरोले भारतमा हार्ले डेभिडसनको बिक्री र बिक्रीपछिको व्यवस्थापन गर्नेछ र दुवै कम्पनीले संयुक्त रुपमा प्रिमियम बाइक विकास गर्ने सम्झौता भएको थियो ।

हार्ले डेभिडसन एक्स४४० को फ्रन्टमा गोलाकार हेडल्याम्प, स्क्वारिस फ्युल ट्यांकी, अलोय ह्विल र आयताकार एलईडी टेलल्याम्प जडान गरिएको छ । इर्गोनोमिक्सको आधारमा बाइकको राइडिङ एकदम तटस्थ हुने अपेक्षा गरिएको छ । सो बाइक रेट्रो थिम नभई आधुनिक रोडस्टर हुनेछ । बाइकको फ्रन्ट टायर १८ इन्च र रियर टायर १७ इन्चको छ ।

सो बाइकमा आयलकुल्ड, ४४० सीसी सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । कम्पनीले यो इन्जिनको पावर र टर्कको बारेमा भने खुलाएको छैन । रिपोर्टका अनुसार सो इन्जिनले २५ देखि ३० बीएचपीको पावर र ३० एनएमको टर्क जेनेरेट गर्ने अपेक्षा गरिएको छ ।

बाइकको अघिल्लो टिजर अनुसार यसको इन्जिनमा ८००० आरपीएमको रेडलाइन हुने र यो लङ–स्ट्रोक बाइक हुने अनुमान छ । यसको इन्जिन लो र मिड रेन्ज ग्रन्टको लागि ट्युन हुनेछ । बाइकमा अन्तिम ड्राइभको लागि चेन ड्राइभ प्रयोग गरिरहेको छ ।

ब्रेकिङका लागि बाइकको अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ । यसमा ड्युअल च्यानल एबीएस पनि हुनेछ । सस्पेन्सनको लागि अगाडिको भागमा अप–साइड डाउन फोर्क र पछाडिको ट्विन सक एब्जर्बर दिइएको छ । यसमा गोलाकार डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र यसलाई नियन्त्रण गर्न नयाँ स्विचगियर प्रयोग गरिएको छ ।

भारतमा सो बाइक आगामी जुलाई ३ मा लन्च हुने बताइएको छ । नेपालमा भने हाल औपचारिक रुपमा हार्लेका बाइक बिक्रीका लागि उपलब्ध छैनन् । केही वर्ष पहिले सम्म आईएमई मोटर्सले यसको बिक्री गर्ने गरेको थियो । तर पछि अर्डर अनुसार मात्र उपलब्ध गराउने बताए पनि औपचारिक बिक्री भने गर्ने गरेको छैन ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई शोरुमको औपचारिक शुभारम्भ हुँदै

रोयल इन्फिल्डका दुई शोरुमको औपचारिक शुभारम्भ हुँदै

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक वितरक बने पश्चात अल्फा...

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले सन् २०२२ मा ५ नयाँ...

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

पछिल्लो केही बर्षयता भारतमा मोटरसाइकलको उत्पादन लागत बढिरहेका कारण रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...