बीवाईडी सिगल कि एट्टो १ ? मोबिलिटी एक्सपोमा लन्च हुँदै बीवाईडीको अझै कम मूल्यको ईभी
काठमाडौं – बीवाईडीको कम मूल्यको नयाँ ईभी भोलि लन्च हुने भएको छ । बीवाईडीको...
काठमाडौं – लोकप्रिय कलाकार हरिबंश आचार्यलाई मन पर्ने गाडी कुन होला ? उनले यसको खुलासा गरेका छन् ।
कलाकार आचार्यले आफूलाई अहिले बीवाईडीको इलेक्ट्रिक गाडी एट्टो३ मन परेको बताएका छन् । गत सोमबार बीवाईडीको सो कार सार्वजनिकसँगै शोरुम उद्घाटनको अवसरमा उनले सो कुराको खुलासा गरेका हुन् ।
हुन त कलाकार हरिबंश आचार्य सो गाडीको ब्रान्ड एम्बेसडर समेत हुन् । तर आफू ब्रान्ड एम्बेसडर भएर मात्र सो गाडी मन परेको भने नभएको उनले बताए । अहिले नेपालमै उत्पादन हुने विद्युतको प्रयोग गरेर विद्युतीय गाडी चढ्दा वातावरण प्रदूषण पनि नहुने र डलर समेत नबाहिरिने भएकाले यसबाट फाइदा पुग्ने उनले बताए ।

आफ्नी श्रीमतिले ‘जिन्दगीमा धेरै दुःख गर्नुभयो । अब एउटा राम्रो कार पनि चढ्नुस्’ भनेर जहिल्यै पनि भन्ने गरेको तर कारको छनोट गर्न नसकेको अवस्थामा बीवाईडीको यो कार देखे पछि अब भने यो रोजाईको कार हुने भनेको समेत उनले बताए ।
अब सार्वजनिक प्रदर्शन गरिने चलचित्र महापुरुषको प्रचार प्रसारको क्रममा देशका विभिन्न भागमा घुमेको र सो क्रममा विभिन्न स्थानमा बीवाईडीको शोरुम तयार भइरहेको देखेको प्रसंग उल्लेख गर्दै कलाकार आचार्यले बीवाईडीका विद्युतीय बस समेत लुम्बिनी क्षेत्रमा रहेका र सरकारले ती बस चलाउने तयारी गरिरहेको स्मरण समेत गरे ।
काठमाडौं – बीवाईडीको कम मूल्यको नयाँ ईभी भोलि लन्च हुने भएको छ । बीवाईडीको...
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने...
काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...