पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारीमा रेन्ज रोभर, २२ मिनेटमै ८० प्रतिशत चार्ज हुने
जगुआर ल्याण्ड रोभरले आफ्नो पहिलो इलेक्ट्रिक रेन्ज रोभर सार्वजनिक गरेको छ...
काठमाडौं – नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्लुएम) को लक्जरी बिजनेस एसयूभी ट्यांक ५०० भित्रिएको छ । हाइब्रिड इन्जिन रहेको सो एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन र ७५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ । यसले संयुक्त रुपमा २५५ किलोवाट पावर र ६४८ एनएम टर्क जेनेरेट गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि सन् २०२२ मार्च देखि उपलब्ध सो कारमा प्रोफेसनल अफरोड सस्पेन्सन र बडी अन फ्रेम च्यासिस छ । यसको ग्राउन्ड क्लियरेन्स २२४ एमएम रहेको छ ।
ट्यांक ५०० को लम्बाई ४८८६ एमएम, चौडाई १९३४ एमएम र उचाई १९०५ एमएम रहेको छ।
अष्ट्रेलियन एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ पाएको ट्यांक ५०० मा घटण् क्यामेरा, ६ ओम्नी–डिरेक्सनल एयरब्याग, अटो पार्किङ, इन्टेलिजेन्ट क्रुज असिस्टेन्स र ट्राफिक जाम असिस्टेन्स, ट्राफिक सिग्नल रिकग्निसन, लेन किपिङ असिस्टेन्स र ब्लाइन्ड स्पट डिटेक्सन लगायतका विभिन्न सेफ्टी फिचर रहेका छन् ।

त्यसैगरी अटोमेटिक भेइकल होल्ड (एभीएच) र अपहिल एन्ड डाउनहिल असिस्टेन्स लगायतका विभिन्न फिचर समेत छन् ।
यो गाडीको इन्टेरियरमा विभिन्न लक्जरियस फिचर रहेका छन् । यसमा भेन्टिलेटेड तथा मसाज सिट, १२ इन्फिनिटी स्पिकर तथा ड्राइभरका लागि सिक्स–वे र प्यासेन्जरका लागि फोर–वे इलेक्ट्रोनिकल्ली एड्जस्टेबल सिट रहेका छन् ।
७ सिट क्षमता भएको सो गाडीमा १२.३ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ सहितको इन्टेलिजेन्ट ककपिट र १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।

यो गाडीमा प्यानोरामिक सनरुफ, मेमोरी–इलेक्ट्रिक फोल्ड मिरर, एलईडी स्प्लिट हेडल्याम्प र इलेक्ट्रिक साइड स्टेप लगायतका विभिन्न फिचर रहेका छन् ।
हाल परीक्षणका लागि यो गाडी भित्र्याइएको हो । यसको मूल्य करिव २ करोड हाराहारी पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा पहिले देखि भीजी इम्पेक्सले जीडब्लुएमका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन, पोवर र विंगल ५ पिकअप तथा ओरा ३ ईभी रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...