पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारीमा रेन्ज रोभर, २२ मिनेटमै ८० प्रतिशत चार्ज हुने
जगुआर ल्याण्ड रोभरले आफ्नो पहिलो इलेक्ट्रिक रेन्ज रोभर सार्वजनिक गरेको छ...
विभिन्न प्रतिष्ठित कम्पनीका उत्पादन नक्कल गर्नमा समेत चिनियाँ कम्पनी लोकप्रिय छन् । अहिले यस्तै एउटा नक्कलले चर्चा पाएको छ ।
एक चिनियाँ कम्पनीले रेन्ज रोभर जस्तो देखिने कार निर्माण गरेको छ । सो कम्प्याक्ट कार रेन्ज रोभर जस्तो हुबहु देखिन्छ । हाल सो कार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिनियाँ कम्पनीले विश्व प्रसिद्ध मोडलको सस्तो प्रतिलिपि निर्माण गर्दै आइरहेको छ ।
सो कारमा रेन्ज रोभरको सबै डिजाइन नक्कल गरिएको छ । कारको ग्रिल, हेडलाइट्स, डीआरएलएस, बम्पर र समग्र बक्सी सिल्हुट रेन्ज रोभर जस्तो देखिन्छ । कारको पछाडि स्ट्याक्ड एलईडी टेलल्याम्प र रूफ माउन्टेड स्पोइलर प्रदान गरिएको छ ।
सो कार कम्प्याक्ट साइजको छ, जुन सब ४ मिटर मास मार्केट एसयूभी जस्तै देखिन्छ । यो रेन्ज रोभरको सानो आकारको भेरिएन्ट जस्तो देखिन्छ, जसमा छोटो ह्विलबेस दिइएको छ । यसमा मल्टि-स्पोक अलोय ह्विल दिइएको छ ।
सो कारको इन्जिन र पावरट्रेनको बारेमा जानकारी भने खुलाइएको छैन । यो विद्युतीय गाडी भएको बताइएको छ । कारको ड्राइभर डिस्प्लेमा ब्याट्री एसओसी इन्डिकेटर देख्न सकिन्छ । एक चिनियाँ कम्पनीले यसअघि २०१९ मा पनि रेन्ज रोभरको प्रतिलिपि बनाएको थियो । जसको मुद्दा अदालतमा पुगेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...