ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा, ओरा–०३ किन्दा ७ किलोवाटको चार्जर निशुल्क

काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले फेस्टिभल अफर ल्याएको छ । नजिकिँदै गरेको दशैं तिहारलाई लक्षित गरी कम्पनीले ‘जीडब्लुएम डिलाइटफुल अफर’ ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ग्रेटवाल गाडी खरिद गर्दा नगद छुटसहित ७ लाख बरावरको फाइदा पाउने कम्पनीले जनाएको छ ।

सो अफरमा ग्राहकले आकर्षक नगद छुट, ‘एक्सक्लुसिभ सेलिब्रेसन डिस्काउन्ट’ र स्पेसल बोनस पाउनेछन् भने एकवर्षको इन्स्युरेन्स र रोड ट्याक्सलाई समेत निशुल्क गरिएको छ । यसैगरी एसेसोरिज र निुशल्क सर्भिस समेत प्रदान गरिने कम्पनीले जनाएको छ । इलेक्ट्रिक कार ओरा–०३ को हकमा भने कम्पनीले ७ किलोवाटको चार्जर निशुल्क प्रदान गर्ने बताएको छ ।

ग्रेटवालको नेपाली बजारमा ह्याभल जोलियन र एच६ एसयूभीको साथै पिकअपमा पोर र ओरा–०३ इलेक्ट्रिक कार उपलब्ध छ । जसमध्ये इलेक्ट्रिक कार ओरा–०३ अहिले चर्चामा रहँदै आएको छ ।

४०० किलोमिटर रेन्ज दावी गरिएको यो कारमा ग्रेटवालले ४७.७ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरेको छ । ओरा–०३ लाई कम्पनीले नेपाली बजारमा ४७ लाख ४९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड ‘अक्सविन’ को इलेक्ट्रिक...

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...