चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
काठमाडौं – नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात जीडब्ल्युएम ब्रान्डका सवारी साधनको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स प्रालिले ओरा ०३ इलेक्ट्रिक क्रसओभरमा इलेक्ट्रिफाइङ डिलका साथ नयाँ बिक्री योजना ल्याएकोे छ ।
सो योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० अर्थात फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४ सम्म रहेको छ ।
यस अनुसार ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बिमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एसेसरिज प्राप्त गर्न सक्नेछन् ।
ओरा ब्रान्ड अन्तर्गत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जीडब्ल्युएमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो–मोडर्न डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्युजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेकोे कम्पनीको भनाइ छ ।
नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको बताइएको छ । ओरा ०३ लाई शतप्रतिशत इलेक्ट्रिक प्लेटफर्म लेमनमा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लार्ई एएनक्याप र युरो एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।
दुबै एएनक्याप र युरो एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ पाउने केही इलेकिट्रक सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ ।
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...