दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल
रामेछाप – दसैँमा यात्रुको चाप बढ्न गई हुनसक्ने सम्भावित दुर्घटना...
काठमाडौं - ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेकाे छ । अहिलेसम्म करिव ७७ प्रतिशत काम सकिएको उक्त फ्लाइओभर कार्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ ।
यद्यपि बर्खाको समय भएकाले निर्माणको कार्यमा केही ढिलाई भएको प्रोजेक्ट म्यानेजर कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । ‘बर्खाका कारण फ्लाइ ओभरको कामलाई पहिलाको जस्तो तीव्रता दिन सकिएको छैन, अहिले बर्खाले पनि असर नपर्ने कामहरूले निरन्तरता पाइरहेको छ ।,’ उनले भने ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जिम्मा लिएर अगाडि बढाइरहेको उक्त आयोजना आरसी–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएपश्चात् फ्लाइओभरको काम अगाडि बढेको थियो । उक्त ठेकेदार कम्पनीसँग १७ करोड ६८ लाख रुपैयाँमा फ्लाइओभर निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । जसमध्ये अहिलेसम्म ५० प्रतिशत आर्थिक प्रगति भइसकेको पनि श्रेष्ठले जानकारी दिए ।
देशको पहिलो निर्माणाधीन उक्त फ्लाइओभर चार लेनको हुनेछ । बालकुमारी तर्फबाट ३ सय २० र सातोबाटोतर्फबाट एक सय ८५ मिटर लम्बाइको र्याम्प रहेको यस फ्लाइओभर उचाइ ६ मिटरको रहेको छ । ग्वार्को फ्लाइओभर सञ्चालनमा आएपश्चात् चक्रपथको जाम घटाउनुका साथै गन्तव्यमा सहजै पुग्न सक्ने अपेक्षा राखिएको छ ।
रामेछाप – दसैँमा यात्रुको चाप बढ्न गई हुनसक्ने सम्भावित दुर्घटना...
काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १...
नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...