आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप
काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...
नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ ।
सुदूरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रदान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको बताएको छ । नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुँने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि बिस्तृत जानकारी गराइएको थियो ।
नेपाल ल्युब आयलको ल्याबमा भएको बिभिन्न डिजिटल उपकरण मार्फÞत लब्रिकेन्टको १७ थरी भन्दा बढ़ी प्यारामिटर मापदण्डमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाइने गरेको थाहा पाउदा, सही वस्तु उपयोग गरिएको रहेछ भनेर सर्बै ढुक्क भएको अवलोकनमा सहभागी एक मेकानिक्सले बताए । नेपालमै एक मात्र कम्पनी, जसले उच्च गुणस्तरको ग्रेड टु बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष भन्दा धेरै देखि सो भन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति अझै धेरै विश्वास बढेकामो मेकानिक्सहरुले खुसी व्यक्त गरेका छन् ।
सहभागी सबैलाई सर्टिफिकेट प्रदान गर्नुका साथै खादा ओढाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्युब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने, ‘मेकानिक्स साथीहरुको सिप बिकासमा हामी हरदम प्रतिबद्ध छौँ र यसै अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्। गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागु गरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।’
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइल देखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रेमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको बताइएको छ ।
काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...
बजारमा उपलब्ध विभिन्न ब्रान्डका इन्जिन आयल मध्ये क्यास्ट्रोलको नाम...
काठमाडौं – नेपालमा पहिलो पटक पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...