जीएसटी २.० पछि यी ब्रान्डले घटाए कारको मूल्य, कुनमा कति ?
जीएसटी २.० लागुपछि भारतका अटो उत्पादकले धमाधम कारको मूल्य समायोजन गर्न...
बिश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनी गल्फको सिन्थेटिक अयाल नेपालमै उत्पादन हुने भएको छ । गल्फको उत्पादन लाइसेन्स लिएर स्वदेशमै लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको नेपाल ल्युब आयल लिमिटेडले अबको १ महिनाभित्रै स्वदेशमा सिन्थेटिक आयल उत्पादन थाल्ने बताएको छ । कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार पहिलो चरणमा परिक्षणका लागी केही मात्रा लुब्रिकेन्ट उत्पादन गर्ने र लगत्तै बजारमा पठाउने गरी भोल्युममा उत्पादन थालिने बताए ।
सरकारले हालै जारी गरेको सन्दर्भ मूल्य सुचीका कारण स्वदेशमै यस्तो प्रकारको इन्जिन आयल उत्पादन गर्न दबाव महशुस गरी कम्पनीले उच्च प्रबिधीयुक्त सिन्थेटक आयलको उत्पादन गर्ने निर्णय लिएको हो । भट्टराईले भने, ‘सरकारले भन्सार बिन्दुमै लुब्रिकेन्टको मूल्यांकन २५० रुपैयासम्म निर्धारण गरेका कारण बिदेशबाट आयत गरेर बिक्री गर्न कठिन हुने अबस्था सिर्जना भएको छ । जसका कारण बजारमा प्रतिस्पर्धा गर्न र उचित मूल्यमा गुणस्तरिय आयल उपलब्ध गराउन स्वदेशमै उत्पादन गर्नुको अर्को बिकल्प देखिएन । सोही कारण हामीले स्वदेशमै पहिलोपटक सिन्थेटिक बेशको इन्जिन आयल उत्पादन गर्ने निर्णय लिएका हौ ।’
नयाँ उत्पादनलाई बजारमा ल्याउन अहिले कम्पनीले अत्याधुनिक उकपरणहरु आयत गरिरहेको छ । यी उपकरणहरु जडान भैसकेपछि भारतको मुम्वईस्थित गल्फको आर एन्ड डि टिम नेपाल आएर निरिक्षण गर्ने उनले बताए । उनले भने, ‘हामीले ३८ बर्ष अघिदेखि नै गल्फ इन्टरनेश्नलले तय गरेको मापदन्डमा रहेर उसको पूर्ण निगरानीमा रही आफ्नो उत्पादनलाई बजारमा पठाउँदै आएका कारण नयाँ सिन्थेटिक आयल समेत उसकै निगरानीमा उत्पादन हुनेछ । जसका कारण स्वदेशमै उत्पादन भएपनि यसको गुणस्तर अन्तारिष्ट्रय स्तरकै हुनेछ ।’ बढीमा अबको ३ महिनाभित्र नेपालमै बनेको गल्फ सिन्थेटिक आयल बजारमा उपलब्ध हुने उतले बताए ।
प्राय प्यासेन्जर कार र केही ठूला सिसीका बाइकमा सिन्थेटिक आयलको प्रयोग बढ्दै गएका कारण ती साधनमा प्रयोग हुने आयल समेत स्वदेशी उत्पादन नै होस भन्ने सोचाइ राखेर कम्पनीले सेमि सिन्थेटिक र फुल्ली सिन्थेटक दुबै वेशको आयल उत्पादन गर्ने निर्णय लिएको हो । हाल गल्फको सिन्थेटिक आयललाई कम्पनीले भारत लगायत अन्य मुलकबाट आयत गर्दै आइरहेको छ भने मिनिरल बेशमा आधारित आयल र अन्य लुब्रिकेन्ट्स भने स्वदेशमै उत्पादन गरिरहेको छ ।
जीएसटी २.० लागुपछि भारतका अटो उत्पादकले धमाधम कारको मूल्य समायोजन गर्न...
काठमाडौं – आज असोज २८ । सरकारले अटोमोबाइल लगायतका विभिन्न वस्तुहरुमा...
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...