रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम पश्चिम र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारिक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाव लिई उनीहरुको सीप विकास गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम रुकुम पश्चिम र सल्यानमा आयोजना भएको कम्पनीले जनाएको छ ।

सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारदा नगरपालिका १२ का वडा अध्यक्ष सुरेन्द्र बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए । सो कार्यक्रममा रुकुम पश्चिम र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो । साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागि १५ लिटर क्षमताको आरो जडान गरी वडा अध्यक्ष सुरेन्द्र बुढाको हातबाट उदघाटन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतिकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ वर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टको प्रायोजन

अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टको प्रायोजन

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेल युवा समाजलाई...

सुरक्षा लुब्रिकेन्टको डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर र अन्य पुरस्कृत

सुरक्षा लुब्रिकेन्टको डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर र अन्य पुरस्कृत

विराटनगर – नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...