रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम पश्चिम र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारिक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाव लिई उनीहरुको सीप विकास गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम रुकुम पश्चिम र सल्यानमा आयोजना भएको कम्पनीले जनाएको छ ।

सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारदा नगरपालिका १२ का वडा अध्यक्ष सुरेन्द्र बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए । सो कार्यक्रममा रुकुम पश्चिम र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो । साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागि १५ लिटर क्षमताको आरो जडान गरी वडा अध्यक्ष सुरेन्द्र बुढाको हातबाट उदघाटन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतिकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ वर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अमरज्योति रञ्जित भन्छन् : यसरी बचाउँछ क्यास्ट्रोलको थ्रीएक्स प्रविधिले बाइकको इन्जिन

अमरज्योति रञ्जित भन्छन् : यसरी बचाउँछ क्यास्ट्रोलको थ्रीएक्स प्रविधिले बाइकको इन्जिन

बजारमा उपलब्ध विभिन्न ब्रान्डका इन्जिन आयल मध्ये क्यास्ट्रोलको नाम...

भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट...

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

काठमाडौं – नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...