एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
भारतमा सन् २०१३ देखी बिक्री शुरु भएको गल्फ ब्याट्री नेपाली बजारमा समेत उपलब्ध हुन थालेको छ । नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल लिमिटेडले बिगत डेढ बर्षदेखी यसको कारोबार गर्दै आएको हो । यो कम्पनीले नेपालमा गल्फ लुब्रिकेन्ट्सको समेत उत्पादन तथा आयत गरी देशभर कारोबार गर्दै आइरहेको छ । नेपालमा यसको बिक्री शुरु भएपनि औपचारिक लन्च भने हुन बाँकी नै रहेको कम्पनीका डिजिएम दिवाकर मिश्रले बताए ।
उनका अनुसार हाल टु ह्विलर सेग्मेन्टमा २.५ देखी १४ एम्पियर आवर क्षमतासम्मका भिआरएलए प्रबिधीमा आधारित ब्याट्रि उपलब्ध छन् । जसका कारण नेपालमा उपलब्ध प्राय सबैजसो टु ह्विलरमा यो ब्याट्रीलाई प्रयोग गर्न सकिन्छ ।
देशका बिभिन्न स्थानमा रहेको डिलर नेटवर्कमार्फत यी ब्याट्रीको कारोबार भैरहेको उनले बताए । भारतमा ३० लाखभन्दा बढी युनिट प्रयोग भैसकेको यो ब्याट्रि गुणस्तर र मूल्यका कारण चर्चामा रहको बताउँदै उनले भने, ‘नेपाली बजारमा समेत सहुलियत मूल्य र गुणस्तरका कारण ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।’ यो ब्याट्रीमा कम्पनीले ४८ महिनाको वारेन्टि सेवा उपलब्ध गराउँदै आएको छ ।
बिक्री पछिको सेवाका लागि हाल बिक्रेतामार्फत नै सेवा दिने प्रबन्ध मिलाइएको उनले जानकारी गराए । निकट भबिष्यमै देशका बिभिन्न स्थानहरुमा आफ्नै सर्भिस नेटवर्क बिस्तार गर्ने आफूहरुले योजना बनाएको उनको भनाई छ ।
उनले भने, ‘ब्याट्री आफैमा एक सर्भिस प्रोडक्ट भएका कारण ग्राहकलाई छिटो छरितो र प्रभावकारी तवरबाट सेवा दिने बिषयमा हामी निकै नै गम्भिर भएर लागिपरेका छौ । जसका लागि देशका बिभिन्न स्थानहरुमा आफ्नै सुबिधासम्पन्न सर्भिस सेन्टरको निर्माण गर्ने तयारी थालेका छौ ।’ केही बर्षभित्र गाडीको ब्याट्री समेत उपलब्ध हुने र २ बर्ष भित्र टु ह्विलर सेग्मेन्टमा गल्फ नेपालकै उत्कृष्ट तीन ब्रान्डमा पर्ने गरी बजार प्रबद्र्धनका कामहरु भैरहेको उनको भनाई छ ।
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
इन्जिन विभिन्न प्रकारका हुन्छन्, जसलाई इन्धनको प्रकार, सिलिन्डरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...