बिद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक १५ वटा सुपरसोको ब्रान्डका इलेक्ट्रिक मोटरसाइकल
नेपाल बिद्युत प्राधिकरणले एकैपटक १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ...
काठमाडौं - पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै गएका छन्। इन्धन खर्च कम लाग्ने भएपछि वातावरणमैत्री विद्युतीय सवारीसाधनमा व्यवसायीको आकर्षण बढेको हो।
बिपी राजमार्गमा विद्युतीय सवारीसाधन एक वर्षअघिसम्म ३२ ओटा सञ्चालन हुँदै आएकामा अहिले एक सयभन्दा बढी रहेको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको चाहना यातायात प्रालिका अध्यक्ष टङ्क कार्कीले जानकारी दिए।
“हाम्रो कम्पनीले विद्युतीय सवारीसाधन मात्रै सात वटा सञ्चालन गर्दै आएको छ। डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनको तुलनामा यसमा खर्च कम छ। सिन्धुलीबाट काठमाडौँ पुग्दा १९ सिट क्षमताको सवारीसाधनमा चार्ज गर्दा लाग्ने सात सय रुपियाँबाहेक अरू खर्च छैन। फर्किंदा पाँच सय रुपियाँ भए पुग्छ,” कार्कीले भने।
यस्तै सवारीसाधनमा सिन्धुली–काठमाडौँको आउजाउको डिजेल/पेट्रोलको खर्च कम्तीमा छ हजार रुपियाँ हुने व्यवसायी बताउँछन्। पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग छोटो दूरीमा जोड्ने बिपी राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन सञ्चालन हुने गरेका छन्।
बिपी राजमार्गमा अहिले दिगो कम्पनी, सुन्दर यातायात र सिजी यातायात कम्पनीले विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याएका छन्। बिपी राजमार्गमा विद्युतीय सवारीसाधन सञ्चालन गर्दा सुरुमा चार्जिङ स्टेसन सुनकोशी गाउँपालिकाको रामटार र सदरमुकाम सिन्धुलीमाढीमा मात्रै रहेकामा अहिले थप तीन ठाउँमा राखिएको छ। जिल्ला सदरमुकामको मल्लागाउँ, बर्दिबास गौरीडाँडा र नेपालथोकमा चार्जिङ स्टेसन स्थापना भएको छ।
चार्जिङ स्टेसन अरू ठाउँमा निर्माण भएसँगै सवारीसाधनमा विद्युत् चार्ज गर्न केही सहज भएको चाहना यातायातका चालक सुवर्ण भुजेलले बताए। उनले भने, “सुरुमा दुई ठाउँमा मात्रै हुँदा सवारीसाधन चार्ज गर्न पालो कुर्दा समय लाग्थ्यो। चार्ज गर्न आधा घण्टा समय लाग्छ। चार्जिङ स्टेसन कम हुँदा लाइन बस्नुपर्ने भएकाले कहिलेकाहीँ एक घण्टा नै लाग्छ,” उनले भने।
डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा टुटफुट पनि कम हुने र इन्धन पनि नचाहिने हुँदा पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति व्यवसायीको आकर्षण बढ्दै गएको चालक भुजेलले सुनाए।
सुरुमा खरिद गर्दा विद्युतीय सवारीसाधन महँगो भए पनि सञ्चालन खर्च कम आउने यातायात व्यवसायी बताउँछन्। विद्युतीय सवारीसाधन मर्मतका लागि सामान (पार्ट्स) नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको अर्का व्यवसायी हरिकृष्ण बुढाथोकीको गुनासो छ। अर्को गाडी जस्तो विद्युतीय सवारीसाधन जता पनि सञ्चालन नहुने र पक्की सडकमा मात्रै सञ्चालन हुने उनले बताए।
सुनकोसी गाउँपालिका–५, रामटारमा दुई वर्षदेखि विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालन गर्दै आएका व्यवसायी रामहरि पौडेलले चार्जिङ स्टेसनका लागि लगानी धेरै हुने बताए। विद्युत् नियमित नहुँदा ग्यासबाट जेनेरेटर सञ्चालन गरी चार्ज गर्दा झन् महँगो पर्न जाने उनको अनुभव छ।
विद्युत् नियमित हुँदा सवारीसाधन रिचार्ज गरेबापत प्रतियुनिट १५ रुपियाँ शुल्क लिने गरेको र यो डिजेल पेट्रोलभन्दा ९९ प्रतिशत खर्च कम भएको उनको दाबी छ। ५० युनिट भए काठमाडौँसम्म पुगिने र फर्किंदा ४० युनिट खपत हुने पौडेलले जानकारी दिए। उनका अनुसार एउटा विद्युतीय सवारीसाधन रिचार्ज गर्न आधा घण्टा समय लाग्छ। रिचार्ज स्टेसनमा १२० किलोवाट क्षमताको चार्जर जडान गरिए पनि अहिले ६० किलोवाट सञ्चालन गरी तीन वटा नोजलबाट एक पटकमा तीन वटासम्म सवारीसाधन रिचार्ज हुँदै आएको छ। गोरखापत्रबाट
नेपाल बिद्युत प्राधिकरणले एकैपटक १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ...
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...
नेपालमा भित्रिने अन्य सवारी साधनका साथै इलेक्ट्रिक भेइकल अर्थात ईभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...