गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो मोडालिटी अनुसार व्यवसायीले धेरै चासो देखाएको रुग्ण उद्योग गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्नका लागि नयाँ व्यावसायिक योजना आह्वान गरिने छ । गोरखकाली रबर उद्योगले सञ्चालनमा ल्याएको टायर कुनै समयमा नेपाली बजारमा निकै नै लोकप्रिय थियो । तर हाल यो सञ्चालनमा छैन ।

मोडालिटी अनुसार गोरखकाली टायर निजी क्षेत्रका फर्म वा कम्पनीले सञ्चालन गर्ने मोडालिटीसहितको व्यवसायिक योजना आह्वान गर्ने प्रस्ताव गरिएको छ । यस्तै उद्योगमा रहेका पुराना मेसिनहरु बिक्री गरी सरकारको नाममा जग्गा ल्याउने उल्लेख छ ।

नेपालमा नै टायर उत्पादन गर्ने उद्देश्यले ६९ करोड ९९ लाख अधिकृत पुँजी राखी उद्योग स्थापना गरिएको थियो। यो उद्योगमा प्रविधि अपग्रेड गरी सञ्चालनमा ल्याउन सकिने छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो मोडालिटी मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा बनेको समितिले यो प्रस्ताव तयार गरेको छ ।

मन्त्रालयले ७ वटा रुग्ण उद्योगलाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा प्रतिवेदन मन्त्रिपरिषदमा पेस गरेको छ । यद्यपि यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने वारेमा भने अहिले नै भन्न सकिदैन । पहिले पनि यस्ता धेरै अध्ययन र योजना बने पनि कार्यान्वयन हुन नसकेको अवस्था पनि छ ।

वि. सं. २०४१ सालमा स्थापना भएको गोरखकाली टायर नेपालको कुनै बेला लोकप्रिय ब्राण्ड थियो ।

सम्बन्धित समाचारहरू

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

मनसुन सुरु भइसकेको छ । मनसुनमा गाडी चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक...

जेके टायरद्वारा पहिलोपटक सवारी साधनको लागि इम्बेडेड स्मार्ट टायर लन्च

जेके टायरद्वारा पहिलोपटक सवारी साधनको लागि इम्बेडेड स्मार्ट टायर लन्च

जेके टायर एण्ड इन्डस्ट्रिज लिमिटेडले भारतीय बजारमा सवारी साधनलाई लक्षित...

चितवनमा चलिरहेको एग्री टेक एक्सपोमा शेर्पा सारथी ब्रान्डका टायर प्रदर्शनी

चितवनमा चलिरहेको एग्री टेक एक्सपोमा शेर्पा सारथी ब्रान्डका टायर प्रदर्शनी

चितवन – चितवको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको चौथो नेपाल एग्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...