हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने
काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...
दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू दुबईका शेखहरूको स्वामित्वमा हुन्छ । तिनीहरू आफ्नो सम्पत्ति देखाउन कुनै कसर बाँकी राख्दैनन् । कतिपय शेखले विदेश जाँदा पनि यस्ता गाडी लिएर जान्छन् ।
यद्यपि यो सुनका कार कुनै कार निर्माताले बनाएको हुँदैन, न त विशेष अर्डरमा डिजाइन गरिएको हुन्छ । यस्ता कार अन्य कार जस्तै हुन्छन्, तर पछि शेखहरु आफैले आफ्नै शैलीमा डिजाइन गरी सुनको कारमा परिणत गर्छन् ।
दुबईमा सुनको कार निर्माण गर्नका लागि शेखहरुले आफ्नै कर्मचारीलाई खटाएका हुन्छन् । ती कर्मचारीहरुको नाम कसैलाई थाहा हुँदैन । यस्ता कारहरु धेरै दिनको मिहिनेत पछि बनाइएको हुन्छ ।
वास्तवमा ती कारमा प्रयोग गरिने सुन असली सुन भने हुँदैन । धेरैजसो सुनमा केमिकल मिसाएर घोल तयार पारिन्छ र उच्च तापक्रममा स्प्रे गरेर कारलाई बेक गरिन्छ र पछि कारमा धेरै सावधानीपूर्वक पोलिश गरिन्छ । त्यसपछि तिनीहरूलाई चम्किलो बनाउन पुनः पोलिश गरिन्छ ।
रिपोर्टका अनुसार यस्तो कार तयार गर्न सामान्यतया ५०० ग्रामसम्म सुन लाग्छ । कतिपयले २ किलोसम्म सुन प्रयोग गरेर यस्ता कार डिजाइन गरेका हुन्छन् ।
सामान्यतया यस्ता कारहरु पछि सेकेन्ड ह्यान्डमा पनि बिक्री गरिन्छ । पुराना भइसकेका यस्ता कारलाई पुनः प्रयोग गर्न सकिन्छ तर एकपटक प्रयोग गरेपछि यसको चमक पहिले जस्तो भने रहँदैन ।
काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...
टाटा मोटर्सले हालै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर लन्च...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...