गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं–गोल्छा परिवारले देशमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत भाद्र २२ गते उक्त सहयोग रकम सरकारलाई हस्तान्तरण गरिएको हो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिप्रति ऐक्यबद्धता प्रकट गर्दै गोल्छा परिवारले विपद् व्यवस्थापन, उद्धार तथा पुनर्निर्माण कार्यमा सघाउने उद्देश्यले यो कदम चालेको जनाएको छ । ट्रष्टका अनुसार उक्त सहयोग रकम नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन कार्यहरूमा उपयोग हुनेछ ।

यसअन्तर्गत बाढी–पहिरोबाट प्रभावित क्षेत्रहरूमा तत्काल आपतकालीन उद्धार, खाद्यान्न, औषधि तथा सुरक्षित बसोबासको व्यवस्थापन गरिनेछ । यसका साथै विस्थापित भएका परिवारहरूको सुरक्षित पुनःस्थापना र स्थानीय पूर्वाधार पुनर्निर्माणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

विपद्का कारण ज्यान गुमाउने तथा प्रभावित बनेका सम्पूर्ण परिवारजनप्रति ट्रष्टले गहिरो सहानुभूति व्यक्त गरेको छ । संकटको यस घडीमा राष्ट्र र जनताको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहो-याउँदै ट्रष्टले भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...