गोगोरोका ३ स्मार्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक, चार्ज सकिदा केही सेकेन्डमै ब्याट्री फेर्न मिल्ने नयाँ प्रविधि

काठमाडौं – ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो र नेबुला इनर्जी प्रालिले नेपाली बजारमा आफ्नो व्यावसायिक सुरुवातको औपचारिक घोषणा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा सो घोषणा गरिएको हो ।

यसअन्तर्गत गोगोरोले काठमाडौं उपत्यकामा स्थापना गरिने ४५ वटा ब्याट्री स्वापिङ स्टेसनका लोकेसन र तीन मोडलका स्मार्ट स्कुटरहरू सार्वजनिक गरेको छ ।

गोगोरोले विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर ’पल्स’, हाइपर फर्मेसन सिटी राइड ’जेगो’ र एसयूभी क्रसओभर ’जीएक्स २५०’ स्मार्ट स्कुटरहरू सार्वजनिक गरेको छ ।

विश्वकै पहिलो हाइपर इलेक्ट्रिक दाबी गरिएको पल्समा नयाँ ९ किलोवाटको गोगोरो–डिजाइन पावरट्रेन, एरोडाइनामिक डिजाइन र प्यानोरामिक एचडी टच डिस्प्ले रहेको छ ।

जेगो स्कुटरमा डुअल ब्याट्री अप्सन, फराकिलो सिट, चौडा ट्रंक र हलुका तौल रहेको छ । त्यस्तै क्रसओभर जीएक्स २५० भने दुई पांग्रे एसयूभी हो, जुन क्रसओभर सिरिजको नयाँ फ्रेममा निर्माण गरिएको छ । यसमा फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको भनाइ छ ।

गोगोरोले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसनहरू स्थापना गर्ने घोषणासमेत गरेको छ । यसअन्तर्गत २–३ किलोमिटरको दूरीभित्र प्रत्येक स्थानमा यस्ता स्टेसन उपलब्ध हुने बताइएको छ । हाल यस्तो स्वापिङ स्टेसन लाजिम्पाट र त्रिपुरेश्वर गरी दुई ठाउँमा उपलब्ध छ ।

कम्पनीका अनुसार यी स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल तथा सार्वजनिक चासोका स्थानहरूमा राखिनेछन्, जसले गर्दा ग्राहकहरूलाई सहजता र पहुँच सुनिश्चित हुनेछ ।

गोगोरोका स्कुटरहरूमा ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री खरिद गर्न आवश्यक नपर्ने सुविधा प्रदान गर्दछ ।

गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै ’स्वाप एन्ड गो’को सुविधाजनक पहुँच प्रदान गर्न ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ । गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्ने बारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कूटरहरू पावर अप राख्न सजिलो बनाउँछ।

नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्या भन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने योजना ल्याएको छ । नेबुलाका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु गर्दै गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पु-याउने प्रतिबद्धता व्यक्त गरे । प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औल्याए ।

नेबुलाले सेप्टेम्बरको मध्यतिर नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्ने योजना समेत बनाएको छ । यो शोरुममा ग्राहकहरूले स्कुटर परीक्षण गर्न र विशेष प्रारम्भिक मूल्यमा प्रि–बुकिङ गर्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक...

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च...

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

काठमाडौं – नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...