गोगोरोले नक्सालमा खोल्यो पहिलो एक्सपिरियन्स सेन्टर, ग-यो स्वापिङ प्लानको घोषणा

काठमाडौं–ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरोले नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स सेन्टर संचालनमा ल्याएको छ । सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको सुरुवात भएको आधिकारिक वितरक नेबुला इनर्जीले जनाएको छ ।

यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप स्टेशनमार्फत ग्राहकलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टच पोइन्टको रूपमा समेत काम गर्ने कम्पनीका महाप्रबन्धक चिरन्जिवी शाहले बताए । उनका अनुसार ग्राहकले अब आफ्नो मनपर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्नसक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लानका बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्नेछन् ।

गोगोरोले नेपालमा जेगो, क्रसओभर जिएक्स २५० र गोगोरो प्लस गरी तीनवटा मोडलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख ३० हजार, २ लाख ७५ हजार र ६ लाख रुपैयाँ पर्छ ।

एक्सपिरियन्स सेन्टरको साथै गोगोरोले नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ प्लान पनि घोषणा गरेको छ । जसअनुसार ब्याट्री स्वापिङ प्लान ७ सय ९९ बाट सुरु हुने र यो ३० दिनका लागि मान्य हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभी छिट्टै भारतमा लन्च हुने

बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभी छिट्टै भारतमा लन्च हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले एट्टो ३ इलेक्ट्रिक एसयूभी...

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री...

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...