नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा
नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...
काठमाडौं - दुई पाङ्ग्रे विदयुतीय सवारी साधनहरूको लागि गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला इनर्जीले काठमाडौं उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेसनहरू सफलतापूर्वक स्थापना गरेको छ ।
गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ । राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु नपर्ने कम्पनीको दाबी छ ।
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेसनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन् ।
यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेसनका कारण यो रणनीतिक कभरेजको रहेको छ । त्यसैगरी स्वाप स्टेसन चौबिसै घण्टा सञ्चालनमा रहने छ । सहज इन्टरफेस भएकाले पहिलो पटक प्रयोग गर्नेहरूका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली छ ।
रियल टाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्डहरु रहेको र भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना रहेको छ । स्वाप स्टेसनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित इनबिल्ट युपीएस प्रणाली उपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ। स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सन्चालित हुन्छ ।
हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरुमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ । ‘नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्वाप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुडकिलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,’ नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।
नेबुला इनर्जीका म्यानेजिङ डाइरेक्टर चिरञ्जिवी शाहले नेपालमा नयाँ प्रविधिको रुपमा ताइवानी कम्पनी गोगोरोका प्रविधि भित्र्याएको र आगामी दिनमा यसको नेटवर्क अझै विस्तार गर्ने बताए ।
ब्याट्री स्वापिङ प्रविधि
ब्याट्री स्वापिङ स्टेसनमा पहिले नै चार्ज गरेर राखिएका ब्याट्री हुन्छन् । इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो स्कुटरमा राख्न सक्छन् । यसका लागि लाग्ने आवश्यक रकम सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ । यही नै ब्याट्री स्वापिङको महत्वपूर्ण कार्य हो ।
यद्यपि यसका लागि स्कुटर कम्पनीहरुले पनि त्यसै अनुसारको ब्याट्री विकास गरेको हुनुपर्छ । गोगोरोले हाल आफ्नै स्कुटर पनि विकास गरेको छ भने अन्य स्कुटर निर्माता कम्पनीहरुसँग पनि यसका लागि आवश्यक सहकार्यको आह्वान गरेको छ ।
ब्याट्री स्वापिङ स्टेसनमा यसरी ब्याट्री स्वापिङ कार्य गर्दा करिव ६ सेकेन्ड मात्र लाग्ने कम्पनीको भनाइ छ । यसले गर्दा चार्जका लागि लामो समय लाग्ने झन्झट हुँदैन भने रेन्जको समस्या पनि हुँदैन ।
नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...
हुन्डाईले कतारमा हुन गैरहेको आगामी विश्वकपमा आधिकारिक सवारी साधनको ५०...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...