भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
हाल सवारी साधन चलाउनेहरु पेट्रोल पम्पमा लाइन लागेको देखिन्छ । त्यसैगरी ईभी प्रयोगकर्ताहरु चार्जिङ स्टेसनमा चार्ज गरिरहेका हुन्छन् । यी दृश्य अहिले आम नेपालीका लागि सामान्य बनेको छ ।
तर यी दुई वाहेक नेपाली ग्राहकले भविष्यमा अर्को प्रविधिको प्रयोग गर्ने सम्भावना समेत बढ्दै गएको छ । विश्वमा भएका धेरै नयाँ प्रविधि मध्ये ब्याट्री स्वापिङ प्रविधि पनि एक हो । नेपाली बजारमा यो प्रविधि भित्रिसकेको छ र अव विस्तार हुने क्रममा रहेको छ ।
ब्याट्री स्वापिङ प्रविधिका लागि विश्वमै लोकप्रिय मानिएको ताइवानी कम्पनी गोगोरो केही समय पहिले नेपाल भित्रिएको छ । नेपालमा नेबुला मोबिलिटीले गोगोरोको ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ ।
हाल त्रिपुरेश्वर र लाजिम्पाट गरी दुई स्थानमा ब्याट्री स्वापिङ स्टेसन सञ्चालनमा छ । आगामी दसैं सम्ममा काठमाडौं उपत्यकाका विभिन्न ४५ स्थानमा नयाँ स्टेसन स्थापना गर्ने तयारी भइरहेको नेबुला मोबिलिटीको भनाइ छ । त्यसपछि क्रमशः देशका अन्य स्थानमा समेत यस्ता स्टेसन विस्तार गरिने छ ।
ब्याट्री स्वापिङ स्टेसनमा पहिले नै चार्ज गरेर राखिएका ब्याट्री हुन्छन् । इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो स्कुटरमा राख्न सक्छन् । यसका लागि लाग्ने आवश्यक रकम सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ । यही नै ब्याट्री स्वापिङको महत्वपूर्ण कार्य हो ।
यद्यपि यसका लागि स्कुटर कम्पनीहरुले पनि त्यसै अनुसारको ब्याट्री विकास गरेको हुनुपर्छ । गोगोरोले हाल आफ्नै स्कुटर पनि विकास गरेको छ भने अन्य स्कुटर निर्माता कम्पनीहरुसँग पनि यसका लागि आवश्यक सहकार्यको आह्वान गरेको छ ।
ब्याट्री स्वापिङ स्टेसनमा यसरी ब्याट्री स्वापिङ कार्य गर्दा करिव ६ सेकेन्ड मात्र लाग्ने कम्पनीको भनाइ छ । यसले गर्दा चार्जका लागि लामो समय लाग्ने झन्झट हुँदैन भने रेन्जको समस्या पनि हुँदैन ।
कल्पना गरौ त, नेपाली इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताका लागि यो समय छिट्टै नै व्यवहारमा आउँदै छ । यसो भयो भने कति आनन्द आउँला ?
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
चांगान दिपल एस०५ चीनमा औपचारिक रुपमा लन्च भएको छ । दिपल एस०५ को ईभी र ईआरईभी...
काठमाडौं – नेपाली बजारमा पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...