ग्लोब्याट ब्याट्रीको डिलर मिट कार्यक्रम सम्पन्न, नयाँ सिरिजका ब्याट्री सार्बजनिक

काठमाडौं–नेपालको अग्रणी अटोमोटिभ ब्याट्री ब्राण्डमा पर्न सफल ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ । जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको ग्लोब्याटका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जनाएको छ । कार्यक्रममा दुईपांग्रे र चारपांग्रे ब्याट्री सिरिज पनि सार्वजनिक गरिएको छ । उत्कृष्ट डिलर तथा कर्मचारीलाई सो अवसरमा विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।

ग्लोब्याटका लागि नेपालको आधिकारिक वितरक त्रिथुङ्गा ट्रेडिङ प्रालि र बङ्गलादेशको रहिमाफ्रुज ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि नेपाली बजारमा सार्वजनिक भएका ग्लोब्याटका नयाँ ब्याट्री पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले भिआरएलए, एएफबी र क्लासिक सिरिज ब्याट्री सार्वजनिक गरेको हो ।

कार्यक्रममा त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ बिस्तार गरिने घोषणा गरे । नेपाली बजारलाई ग्लोब्याटमा दृढ विश्वास राख्न पनि उनले आग्रह गरे । ‘ग्लोब्याट केवल उत्पादन होइन, विश्वसनीयता र दीर्घकालीन सम्बन्धको प्रतीक हो’ उनले भने ।

बङ्गलादेशबाट आएका रहिमाफ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले ग्लोब्याटको अन्तर्राष्ट्रिय यात्रा र भविष्य योजनाबारे प्रस्तुति दिएका थिए । संसारभर लोकप्रिय रहेको यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्ताराज बतास, त्रिथुङ्गा ट्रेडिङका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी तथा अन्य अतिथिहरुको सहभागिता थियो ।

देशभरका उत्कृष्ट डिलर तथा कर्मचारीलाई सम्मान
यसैबीच, कम्पनीले डिलरहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

पूर्व, पश्चिम, गण्डकी, काठमाडौँ लगायतका क्षेत्रीय श्रेणीमा उत्कृष्ट विक्रेताहरू चयन गर्दै सम्मान गरिएको छ भने अजाम अटो विरिङ सेन्टरलाई नेपालको उत्कृष्ट डिलरको सम्मान प्रदान गरिएको छ । त्यस्तै, १० वर्षभन्दा बढी सेवा गरेका ७ कर्मचारी र तीन दीर्घकालीन डिलरहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा ब्यापार समीक्षा, उत्पादन लन्च, प्रस्तुति, नेटवर्किङ, गेम्स र लाइभ म्युजिक जस्ता विभिन्न आकर्षक सेसनहरू सम्पन्न भएका छन् । ‘टुगेदर वि पावर’ नारालाई व्यवहारमा उतार्दै आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाउन कार्यक्रम सहयोगी भएको विश्वास गरिएको छ । कार्यक्रममा देशभरका डिलरहरुको सहभागिता थियो ।

सम्बन्धित समाचारहरू

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

फिनल्यान्डको इलेक्ट्रिक मोटरसाइकल निर्माता भर्ज मोटरसाइकलले सीईएस २०२६...

गर्मीमा इलेक्ट्रिक कारको ब्याट्री यसरी राखौ सुरक्षित

गर्मीमा इलेक्ट्रिक कारको ब्याट्री यसरी राखौ सुरक्षित

गर्मीको मौसममा इलेक्ट्रिक कारको ब्याट्रीमा असर पर्न सक्ने भएकाले विशेष...

एसटीसी ब्याट्रीको ब्रान्ड एम्बेसडरमा महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी नियुक्त

एसटीसी ब्याट्रीको ब्रान्ड एम्बेसडरमा महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी नियुक्त

काठमाडौं–नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...