देशभरका सोरुममा मोटरहेडको अपग्रेडेड एमएच १५०आर टेस्ट राइड गर्दा गिफ्ट ह्याम्पर पाइने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको मोटरहेडको नयाँ अपग्रेडेड एमएच १५०आर मोटरसाइकल टेस्ट राइड गर्न सकिने सुविधा उपलब्ध छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको बताएको छ । यो मोटरसाइकलको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

केही दिन पहिले मात्र नेपाली बजारमा भित्रिएको यो मोटरसाइकलमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी राइडरले यो बाइकमा इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सरको अनुभव गर्न सक्ने छन् ।

रोबस्ट च्यासिस र नयाँ आकर्षक ग्राफिक्स जस्ता विभिन्न फिचरले भरिएको मोटरहेडको यो मोटरसाइकल किन्न चाहने ग्राहकका लागि फाइनान्स र एक्सचेन्जको सहज सुविधा भएको एसएलआर टेक्नो एन्ड ट्रेडले बताएको छ ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेको छ ।

कोभिड–१९ का कारण सञ्चालनमा ढिलाई भइरहेको कम्पनीको धादिङ, मन्थली र कावासोतीको थ्रीएस सेन्टर समेत यही महिना देखि नै सञ्चालनमा आउने बताइएको छ । हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

मोटरहेडको डर्ट बाइक एक्स–टर्क २५० : मासिक १७ हजार ३२६ किस्तामा लिन सकिने

नेपाली बजारमा उपलब्ध २५० सीसीको डर्ट मोटरसाइकल मध्ये लोकप्रिय मोटरसाइकल...

क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर

क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...