जेसिट्स स्कुटर किन्दा २० हजारसम्म नगद छुट, यस्ता छन् थप सुविधा

काठमाडौं– इलेक्ट्रिक स्कुटर जेसिट्सको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड समुहले दशैं अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले स्कुटर खरिद गर्दा २० हजारसम्म नगद छुट पाउेछन् ।

यसैगरी एक वर्षसम्म स्कुटरको रनिङ पार्ट्समा कुनै समस्या आए निशुल्क फेरिदिने स्किम समेत कम्पनीले ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले इन्स्यूरेन्स, २ वर्षको चेकअप र एसेसोरिज निशुल्क पाउनेछन् । साथै फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जेसिट्सको नेपाली बजारमा ७२ भोल्ट २० एम्पियर आवरको लिथियम आयोन ब्याट्री जडीत स्कुटर उपलब्ध छ । जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यसमा राइड बाई वायर इलेक्ट्रिक थ्रोटल, बीएलडीसी मोटर, एयरकुल्ड सिस्टम, पुली बेल्ट ट्रान्समिसन, २ हजार वाट रेट भएको पावर आउटपुट र ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गति आदि यसका विशेषता छन् ।

सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट

प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट

काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

अमेरिकामा दुई ठूला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...