उच्च प्रविधियुक्त जेसिस्टको राया–जी इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा

काठमाडौं – आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको बेला इन्डोनेसियाको जेसिस्ट टेक्नोलोजीमा निर्मित जेसिस्ट राया–जी विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । एमभी दुगड ग्रुप अन्तर्गत विवेक अटोमोवाइल्स प्रालिले जेसिस्ट राया–जी (Raya-G) इलेक्ट्रिक स्कुटर हालसालै बजारमा ल्याएको हो ।

कम्पनीले यस अघि जेसिस्ट जी१ (G1) स्कुटर बजारमा पठाएपछि प्रयोगकर्ताको राम्रो प्रतिक्रिया र अझ प्रविधिमैत्री स्कुटरको माग पश्चात जेसिस्ट राया–जी इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको बताएको छ । विशेष गरि युवाहरुलाई लक्षित गरी ल्याइएको यो स्कुटर नेपाली माटो र भू–धरातल सुहाउँदो भएको कम्पनीको दावी छ ।

अत्याधुनिक प्रविधियुक्त यो स्कुटर दुई वटा मोडमा चलाउन सकिन्छ । पहिलो लो मोडमा ५२ किलोमिटर प्रति घण्टा र दोस्रो हाई मोडमा ७५ किलोमिटर प्रति घण्टाको दरमा चलाउन सकिन्छ । सो स्कुटरको मोटर पिक पावर ३ हजार वाट रहेको छ । स्कुटरको सबै भन्दा राम्रो पक्ष भनेको मिड ड्राइभ मोटर, बेल्ट ड्राइभ सिस्टम, स्विङ आर्म सिस्टम र पछाडि मोनो सकका साथै डिजिटल डिस्प्ले रहेको छ । जसले गर्दा स्कुटर पानी, हिलो, अफ रोड (ग्राभेल), उकालो बाटोको लागि अति नै उपयुक्त छ ।

त्यस्तै अर्को राम्रो पक्ष भनेको मोबाइल चार्जिङ प्वाइन्ट २ वटा एकै ठाउँमा राखिएको छ ।सेफ्टीको लागि दुवैतिर डिक्स ब्रेक दिइएको छ भने एचआइडी प्रोजेक्शन हेडलाइट सिष्टम जडान गरिएको हुँदा रातको समयमा टाढा सम्म चम्किलो प्रकाश प्रदान गर्ने भएकाले यात्रा गर्न सहज हुनेछ ।

सो स्कुटरमा ७२ भोल्ट २० एम्पियर क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ जसलाई फुल चार्ज गर्न ३ घण्टा लाग्ने छ । कम्पनीले ब्याट्रीमा ३ वर्ष ग्यारेन्टी र १ हजार चार्जिङ साइकल दिइएको छ । त्यस्तै स्कुटरमा २ वटा ब्याट्री रहेको छ । एउटा ब्याट्रीको वजन ८ केजीको छ, जसले गर्दा सजिलैसँग बोकेर चार्ज गर्ने ठाउँसम्म लैजान सकिन्छ । स्कुटरमै पनि चार्जिङ्ग प्वाइन्ट समेत राखिएको हुँदा सिधै चार्ज गर्न पनि सकिने छ । यसको रेन्ज सिंगल ब्याट्रीले ६० किलोमिटर र डबल ब्याट्रीले १२० किलोमिटर छ । साथै यस मोडेलमा साइड स्ट्याण्ड कट आउट सेन्सर प्रदान गरिएको छ ।

राया–जी स्कुटर म्याट रातो, म्याट सिल्भर र म्याट निलो गरि तीन वटा कलरमा उपलब्ध छ । यसको मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको छ भने जेसिस्ट जीवान स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यो स्कुटर रातो, सेतो र कालो गरि तीन वटा कलरमा उपलब्ध छ । उच्च प्रविधियुक्त टेक्नोलाजी जडित यो स्कुटर सबैको रोजाईको साधन बन्ने कम्पनीको विश्वास भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...