बीवाईडी कारमा ठूलो मूल्य कटौतीपछि बजारमा हलचल
बीवाईडीले आफ्ना इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारको मूल्यमा ठूलो कटौतीको...
काठमाडौं – नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘ईएक्स५ एक्सिलेन्ट बोनान्जा’ नामक बिक्री योजना सार्वजनिक गरेको छ ।
जिली ईएक्स५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अंग्रेजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली ईएक्स५ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।
योजनाअनुसार, जिली ईएक्स५ बुक गर्ने ग्राहकहरूले २ लाख रुपैयाँ सम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन / १ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्नेछन् ।
यी अफरहरूका अतिरिक्त, कम्पनीद्वारा योजना अवधिको क्रममा निःशुल्क एसेसरिज र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको छ ।
ग्राहकहरूको सुविधालाई अझ थप गर्दै कम्पनीले आफ्नो गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनहरूको अन–द–स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने बताएको छ, जसले ग्राहकहरूलाई जिली ईएक्स५ मा अपग्रेड गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्न सक्नेछन्, जसले जिली ईएक्स५ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रोत्साहित गर्नेछ ।
‘क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न तयार गरिरहँदा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ भन्छन्, ‘यस सीमित अवधिको अफरमार्फत हामी प्रत्यक्ष नगद लाभ, स्वामित्व लागत सहयोग र अनुभवजन्य पुरस्कारमार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं । एलआरआर मोटर्समा हामी सहज ईभी स्वामित्व तथा यात्राको सुनिश्चितता र दिगो यातायाततर्फ नेपालको रूपान्तरणलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं ।’
जिली ईएक्स५ म्याक्स र प्रो दुवैले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन्, जसले नेपालमा दिगो र उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गरेको कम्पनीको भनाइ छ ।
बीवाईडीले आफ्ना इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारको मूल्यमा ठूलो कटौतीको...
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
पछिल्लो केही समययता भारतमा इलेक्ट्रिक स्कुटरमा हुने आगालागीको घटना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...