जिली ईएक्स५ को आगमनसंगै नेपालमा प्रिमियम विद्युतीय एसयूभीको उदय, के–के छन् आकर्षण ?

आजको नेपालमा कार केवल ‘एउटा सवारी साधन’ मात्र होइन । विशेषगरी काठमाडौं जस्ता तीव्र गतिमा विस्तार हुँदै गरेका शहरी क्षेत्रमा कारले बहुआयामिक अर्थ बोकेको छ । सुविधा, सुरक्षा, समयको मूल्य, पारिवारिक आवश्यकताको समाधान र सामाजिक पहिचानसम्ममा कारले निकै महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

आजका दिनमा कार सार्वजनिक यातायातको भीड र समय व्यवस्थापनका लागि भरपर्दो माध्यम बनेको छ । पारिवारिक यात्राको सहजता, कार्यक्षेत्रमा समयमै पुग्ने आवश्यकता, सुरक्षित र निजी यात्रा गर्ने चाहना लगायत कारणले विशेषगरी मध्यम तथा उच्च–मध्यम वर्गका लागि कार एक अत्यावश्यक साधन बनेको छ ।

नेपालमा अझै पनि कार सामाजिक प्रतिष्ठासँग जोडिएको छ । ब्रान्ड, डिजाइन र टेक्नोलोजीले व्यक्तिको जीवनशैली झल्काउँने हुँदा उपभोक्ताहरु प्रिमियम ब्रान्डमा सिफ्ट भइरहेका छन् । त्यसमा पनि एसयूभीलाई पेशागत सफलता र आधुनिक सोचको प्रतीक मान्ने गरिन्छ ।

तर अहिलेको पुस्ताले केवल ‘देखावटी’ भन्दा बढी ‘स्मार्ट च्वाइस’ खोजिरहेका छन्, जहाँ मूल्य, प्रविधि र दीर्घकालीन बचत महत्त्वपूर्ण हुन्छ ।

उपभोक्ताहरु पछिल्लो समय कार छनोटमा निकै स्मार्ट देखिएका छन् । उनीहरुको रोजाइमा आरामदायी सिट, स्मार्ट इन्फोटेनमेन्ट, एडभान्स सेफ्टी सिस्टम, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधि प्राथमिकतामा पर्ने गर्छन् ।

विशेषगरी विद्युतीय सवारी (ईभी) ले इन्धन खर्च, मर्मत खर्च र प्रदूषण घटाउने कारणले कारको अर्थलाई अझै परिवर्तन गरिरहेको छ, जसमा चिनियाँ अटो निर्माता जिलीले नेपाल ल्याएको ईएक्स५ एसयूभी अटो पारखीको अपेक्षाभन्दा अगाडि
देखिएको छ ।

प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा जिली ईएक्स५ ले आजको नेपाली उपभोक्ताको बदलिँदो सोचसँग मिल्ने सम्पूर्ण पक्षहरू प्रस्तुत गरेको छ । ईभीको भिडमा एक विद्युतीय एसयूभीमा मात्र सिमित नभएर यसले शहरी र राजमार्ग दुवैका लागि उपयुक्त समाधान दिइरहेको छ ।

यस कारमा उपलब्ध स्मुथ एक्सेलेरेसन र साइलेंट ड्राइभ, उच्च ग्राउन्ड क्लियरेन्स, लामो रेञ्ज, स्थिर र आरामदायी सस्पेन्सन जस्ता फिचरले दैनिक कार्यलय आवत–जावतदेखि लामो पारिवारिक यात्रासम्म सहज बनाएको छ ।

प्रिमियम अनुभव, स्मार्ट लगानी
जिली ईएक्स५ मा भएको आकर्षक र आधुनिक डिजाइन, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट, प्यानोरामिक सनरुफ र प्रशस्त क्याविन स्पेस जस्ता सुबिधाले यस कारमा सवार हुँदा ‘प्रिमियम फिल’ गर्न सकिन्छ ।

सुरक्षाका लागि यसमा एडभान्स ड्राइभर असिस्ट सिस्टम, मल्टिपल एयरब्याग र स्मार्ट कनेक्टिभिटी लगायत फिचर दिइएको छ, जसले सुरक्षासंगै र प्रविधिको सन्तुलन मिलाउन योगदान गरेको छ ।

त्यसैगरी, इन्धन खर्च शून्य, कम मर्मत खर्च र वातावरणमैत्री यात्रा जस्ता विशेषताले आजका सचेत उपभोक्ताका लागि यो ‘स्मार्ट लगानी’ समेत हो । अटो पारखीका तमाम अपेक्षालाई एउटै प्लेटफर्ममा पूरा गर्ने प्रयासमा जिली ईएक्स५ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू अगाडि देखिन्छन् ।

सम्बन्धित समाचारहरू

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल...

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...

दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्प सुरु

दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्प सुरु

पोखरा – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...