जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

काठमाडौं–नेपालमा बिक्री हुँदै आएको जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी समेत उपलब्ध भएको छ । जिली अटो ग्रुपले ईएक्स५ विद्युतीय एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा थपेको हो ।

नयाँ प्राविधिक स्तरोन्नतिले जिली ईएक्स५ का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपाली विद्युतीय सवारी बजारमा जिली गाडीको उपस्थिति अझ मजबुत हुने कम्पनीको भनाइ छ।

एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ।

सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सिरी वा गुगल एसिस्टेन्टद्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमान्डको माध्यमबाट चालकले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन्, जसले हात स्टियरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।

नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा नक्सा, स्थान र मेसेजजस्ता आवश्यक एप सजिलै प्रयोग गर्न सकिनेछ ।

एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुने कम्पनीले बताएको छ ।

टचस्क्रिन, स्टेयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।

यो सुविधा ईएक्स बिक्री हुने अन्तर्राष्ट्रिय बजारमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो। अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउनेछन्।

नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिली ईएक्स५ को आधिकारिक वितरक एलआरआर मोटरले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिली ईएक्स५ मा सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको छ ।

कम्पनीका अनुसार सेवा टोलीले ग्राहकको घर वा कार्यालयमै पुगेर प्राविधिक सुविधालाई इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रियालाई झन्झटरहित बनाएको एलआरआर मोटरका प्रबन्ध निर्देशक जीवनजंग शाहीले बताए । यसले नेपालको ईभी बजारमा जिलीको उपस्थितिलाई थप मजबुत बनाएको कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठको भनाई छ ।

जिलीको उपस्थितिलाई थप मजबुती
कम्पनीका अनुसार, जिली ईएक्स५ ले नेपालका शहरी क्षेत्र तथा हाइवे ड्राइभिङ सेग्मेन्टमा पहिले नै उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । विराटनगर र बुटवलजस्ता शहरहरूमा विस्तार हुँदै गएको डिलर नेटवर्कका साथै आगामी वर्षभित्र सातै प्रदेशमा उपस्थिति विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरिसकेको छ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटोको समावेशसँगै, जिली ईएक्स५ ले कार्यक्षमता, आराम, सुरक्षा र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपालमा उपलब्ध सबैभन्दा फिचर–सम्पन्न विद्युतीय ईभीमध्ये एकको रूपमा आफ्नो पहिचानलाई थप सुदृढ गराएको छ ।

नेपाल दिगो र प्रविधि–केन्द्रित यातायाततर्फ अघि बढिरहँदा, जिलि अटो ग्रुपको नवप्रवर्तन र ग्राहक–केन्द्रित अपग्रेडप्रतिको ध्यानले नेपाली अटोमोबाइल बजारप्रति यसको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।

गत वर्षको नाडा एक्स्पोमो क्रममा लन्च भएयता आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र प्रभावकारी विद्युतीय कार्यक्षमताका कारण जिली ईएक्स५ छोटो समयमै नेपालमा सबैभन्दा धेरै चर्चामा रहेको विद्युतीय सवारी मध्येको एक वनेको र विश्वव्यापी रूपमा लोकप्रिय स्मार्टफोन कनेक्टिभिटी सुविधाको थपले यसको समग्र ड्राइभिङ अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको कम्पनीले दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

काठमाडौं – सरकारले केही दिन पहिले सार्वजनिक गरेको बजेट मार्फत बढाइएको...

ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर किन्न हिमालयन बैंकले ६.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर किन्न हिमालयन बैंकले ६.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...

इलेक्ट्रिक कार र बाइक पछि अब इलेक्ट्रिक एयरप्लेन, फुल चार्जमा १०४६ किलोमिटर उड्न सक्ने

इलेक्ट्रिक कार र बाइक पछि अब इलेक्ट्रिक एयरप्लेन, फुल चार्जमा १०४६ किलोमिटर उड्न सक्ने

विश्वभर इलेक्ट्रिक भेइकलको ट्रेन्ड बढ्दै गइरहेको छ । पछिल्लो समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...