वैकल्पिक नाका बन्यो कोरला, साउनमा १०० ईभी भित्रिएकोमा भदौमा भित्रिए १,२५३ ईभी
काठमाडौं । नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुन...
काठमाडाैं - बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको छ। सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ। अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न ‘फाउण्डेशन’ निर्माण सुरु भएको छ।
बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या छैन। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको छ।
स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त छ। त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको छ। यसका साथै यस क्षेत्रमा स्थायी सडक समेत निर्माण गर्ने सरकारको तयारी छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...