जी मोटर्स नै स्काइवेलको आधिकारिक वितरक भएको दाबी

काठमाडौं – नेपालका लागि स्काइवेल ब्रान्डको आधिकारिक वितरक जी मोटर्स नै भएको र यस सम्बन्धी सबै कागजात कम्पनीले सरकारी निकायमा बुझाएको जी मोटर्सले दाबी गरेको छ ।

जी मोटर्सले प्रालिले अघिल्लो बर्ष २०८० को नाडा अटो शो देखि स्काइवेल ‘प्यासेन्जर कार तथा यसयूभी प्रडक्ट्स’ हरुको नेपालभरका लागि आधिकारिक वितरक लिएर उक्त ब्रान्डका उत्पादनको प्रचार– प्रसार एवम् बिक्री–वितरण गरिरहेको थियो ।

२०८१ साल बैशाख देखि औपचारिक रुपमा नेपालमै पहिलो लङ रेन्ज अर्थात ६२० किमी दिने प्रीमियम यसयूभी स्काइवेलको बिक्री शुरु गरेको थियो । हाल जी मोटर्सले राधेराधे भक्तपुर, नक्साल काठमाडौं र इटहरी सुनसरी गरी तीन स्थानबाट बिक्री सेवा गरिरहेको छ भने सर्भिस र पार्ट्सको सेवा भक्तपुरबाट प्रदान गरिरहेको छ । २०८१ नाडा अटो शो बाट ५२० किमी र ४१० किमीका स्काइवेलका ‘बीई ११’ मोडलको पनि बिक्री–वितरण गर्न लागेको बताएको छ ।

केही दिन पहिले भन्सार प्रयोजनका लागि मूल्यसूची तथा आधिकारिक आयातकर्ता भनी प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जी मोटर्सले जनाएको छ ।

जी मोटर्सद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१/०४/३१ गतेको राजधानी दैनिकमा एलआरआर मोटर्स र एलआरआर ग्रुप्सले भन्सार प्रायोजनको लागि भनी प्रकाशित मूल्यसूचीको बारेमा एवम् आधिकारिक इम्पोर्टर लेखी निकालिएको मुल्य सन्दर्भ सूचीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

यस सम्बन्धमा जी मोटर्सले भनेको छ, ‘हालसम्म आधिकारिक स्काइवेलका उत्पादक कम्पनी एवम् एक्सपोर्ट डिभिजन हेर्ने प्रतीनिधिले नेपालमा जी मोटर्स बाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने लिखित जानकारी बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको अवस्थामा बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस प्रालिको ख्यातीलाई असर पुर्याउने, अबौंको लगानी डुबाउने प्रपन्च गर्ने कार्य नगर्न हुन उक्त ग्रुप एवम् कम्पनीलाई यसै विज्ञप्तिमार्फत अनुरोध छ र यस्तो गैरकानुनी कार्य गर्ने, हङकङ्गस्थित एजेन्ट कम्पनीसँग गरिएको झुठो सम्झौतालाई आधार बनाई वाणिज्य विभागको मिलोमतोमा स्काइवेलका प्यासेन्जर कार तथा यसयूभी आयात गर्ने प्रयास गर्नु आफैंमा गैरकानुनी त छ नै, साथै हामीले बिक्री–वितरण गरिरहेका वस्तुको मूल्यसूचीकोे बारेमा भ्रम सिर्जना गरेकोले आवश्यक कानुनी उपचारमा प्रालि जानेछ ।’

जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा लगानी गरेका सबै व्यवसायीलाई उनीहरुको व्यावसायिक वातावरणमा खलल पुग्न नदिने नीति नियम कार्यान्वयन गराउन समेत सबैलाई अनुरोध पनि गरिएको छ ।

सम्बन्धित समाचारहरू

५२५ किमी सम्म रेन्ज दिने एमजी ईएस५ इलेक्ट्रिक एसयूभी उपलब्ध हुने, भयो सार्वजनिक

५२५ किमी सम्म रेन्ज दिने एमजी ईएस५ इलेक्ट्रिक एसयूभी उपलब्ध हुने, भयो सार्वजनिक

एमजीले प्योर इलेक्ट्रिक एसयूभी एमजी ईएस५ चीनमा सार्वजनिक गरेको छ । फेमिली...

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको...

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...