विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरुलाई लक्ष्यित गरी ‘एनएमबि विद्युतीय सवारी कर्जा’ योजना ल्याएको छ । यस अन्तर्गत एनएमबि बैंकले ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

एनएमबि बैंकको यो योजना सम्भवतः सबैभन्दा सस्तो ब्याजदर भएको बताइएको छ । विद्युतीय सवारी साधनका लागि ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउन सकिने सरकारी नीति अनुसार नै बैंकले कर्जा सुविधा उपलब्ध गराउने बताएको छ ।

७ वर्ष सम्मका लागि उपलब्ध गराउने उक्त कर्जा योजना अन्तर्गत कर्जा प्रशासनिक शुल्कमा समेत ०.२५ प्रतिशत छुट उपलब्ध गराउने बैंकको भनाइ छ ।

एनएमबि बैंकले भृकुटीमण्डपमा जारी हिमालयन हाइड्रो एक्सपोमा अवस्थित स्टलमार्फत सो कर्जा सम्बन्धी जानकारी प्रदान गरिरहेको छ ।

विद्युतीय सवारी साधन किन्ने ग्राहकलाई लक्ष्यित गर्दै बैंकले पहिले देखि नै आकर्षक स्किम उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित समाचारहरू

सुनरा के५ मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

सुनरा के५ मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

काठमाडौं – सुनरा इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता...

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...