५२५ किमी सम्म रेन्ज दिने एमजी ईएस५ इलेक्ट्रिक एसयूभी उपलब्ध हुने, भयो सार्वजनिक

एमजीले प्योर इलेक्ट्रिक एसयूभी एमजी ईएस५ चीनमा सार्वजनिक गरेको छ । फेमिली कम्प्याक्ट एसयूभीको रुपमा लिइने सो एसयूभीले सिंगल चार्जमा ४२५, ५१५ र ५२५ किलोमिटर रेन्ज दिने बताईको छ ।

यसको मूल्य १४ हजार १ सय देखि २१ हजार २ सय अमेरिकी डलर सम्म पर्ने बताइएको छ । यो वर्षको अन्त्यतिर लन्च गरिने सो इलेक्ट्रिक एसयूभी एसएआईसीको नेबुला प्योर इलेक्ट्रिक आर्किटेक्चरमा आधारित छ । यसमा फाइभ लिंक रियर सस्पेन्सन सिस्टम छ भने यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४४७६, १८४९ र १६२१ एमएम छ भने ह्विलबेस २७३० एमएम छ ।

यसको फ्रन्टमा रहेको फेस डिजाइनलाई स्लेन्डर सार्प हेडलाइट र तलतिर स्प्लिट ग्रिलसँग पेयर गरिएको छ । त्यसैगरी यसमा कन्भेन्सनल डोर ह्यान्डल, ब्ल्याक एक्सटेरियर साइड मिरर, सिल्भर रुफ लगेज र्याक र वाई आकारको थ्रु टाइप लाइट रहेको छ ।

यसमा क्याटल र एसएआईसीको ज्वाइन्ट भेन्चरमा निर्माण गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन ४९.१ वा ६२.२ किलोवाट आवर क्षमतामा उपलब्ध छ । यसमा दावी गरिए अनुसार भएको ११० एमएम पातलो ब्याट्री प्याक विश्वकै सबैभन्दा पातलो ब्याट्री प्याक मानिन्छ । यसमा १२५ किलोवाट पावर र २५० एनएम टर्क जेनेरेट गर्ने रियर इलेक्ट्रिक मोटर छ ।

यसमा सेन्ट्रल कन्ट्रोल स्क्रिन लेआउट, इन्स्ट्रयुमेन्ट प्यानल र फ्ल्याट बटम स्टेयरिङ ह्विल रहेको छ । यद्यपि स्क्रिनको डाइमेन्सन भने सार्वजनिक गरिएको छैन । यसमा वायरलेस चार्जिङ र प्यानोरामिक सनरुफ समेत रहेको छ ।

हाल नेपाल लगायत विश्व बजारमा उपलब्ध एमजी जेडएस ईभीलाई यसले प्रतिस्थापन गर्ने बताइएको छ । भविष्यमा नेपाली बजारमा समेत यो गाडी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना

ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना

इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

काठमाडौं – नेपालमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...