घाँटीमा ट्र्याक्टरको टायर अड्किएको हात्तीको उद्धार
भारतको आसामस्थित गोलाघाट जिल्लामा घाँटीमा ठूलो ट्र्याक्टरको टायर...
काठमाडौं – जिनियस वर्ल्ड रेकर्ड होल्डर फुर्बा तेन्जिङ शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथामा जेके टायरको झण्डा फहराएर गौरवमय कीर्तिमान राखेका छन् । उनले २०२५ मे १८ मा सो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् ।
८,८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै उनले साहस, दृढ संकल्प र समर्पणको प्रतीकस्वरूप यो ऐतिहासिक क्षणलाई जीवन्त बनाएको जेके टायरले बताएको छ ।
जेके टायरका प्रवक्ताले भने, ‘हाम्रो ब्रान्डको झण्डा विश्वको सर्वोच्च स्थानमा फहरिएकोमा हामी गौरवान्वित छौं। यसले हाम्रो मूल्य– मजबूती, प्रदर्शन र उत्कृष्टता हासिल गर्ने चाहनालाई प्रतिबिम्बित गर्छ।’
फुर्बा तेन्जिङ शेर्पा धेरैपटक सगरमाथा आरोहण गरिसकेका अनुभवी पर्वतारोही हुन् । उनले भने, ‘सगरमाथाको यो आरोहण जेके टायरको प्रेरणादायी यात्रालाई सम्मान दिन गरिएको थियो। झण्डा फहराउन पाउनु मेरो लागि गर्वको विषय हो।’
यो अविस्मरणीय क्षणले जेके टायरको ‘शिखरसम्मको यात्रा’ भन्ने दर्शनलाई सार्थक बनाएको बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...