नाडा अटो शोमा ६ सेकन्डमै फुल चार्ज पाइने गोगोरो टेक्नोलोजी र ईभी स्कुटर उपलब्ध हुने

काठमाडौं – आगामी भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२४ मा गोगोरोले अन्य भन्दा फरक प्रविधि प्रदर्शन गर्ने भएको छ ।

गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला नेबुला मोबिलिटीले ६ सेकेन्डमै फुल चार्ज ब्याट्री पाइने गोगोरोको टेक्नोलोजी र ईभी स्कुटरका तीन मोडल नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने बताएको छ ।

ब्याट्री स्वापिङ प्रविधि

गोगोरोले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको ब्याट्री स्वापिङ प्रविधिलाई प्रदर्शन गर्नेछ । अवलोकनकर्ताहरुले सो प्रविधि परीक्षण गर्न र यसको प्रयोगको वारेमा जानकारी लिन सक्ने छन् ।

विश्वमै नौलो भएको सो प्रविधि नेपालमा समेत उपलब्ध भइसकेको छ । हाल काठमाडौंका दुई स्थानमा उपलब्ध भइसकेको सो प्रविधि विस्तार गर्ने कार्य समेत भइरहेको छ । यस अनुसार दसैं अगाडि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ४५ स्थानमा सो प्रविधि प्रयोग गर्न सकिने छ । यसका लागि ब्याट्री स्वापिङ स्टेसन निर्माण गरिने छ । उपत्यकाका प्रत्येक स्थान कभर गर्ने गरी निर्माण गरिने स्टेसनले कभरेजको आधारमा हाल उपलब्ध पेट्रोल पम्प भन्दा बढी क्षमता प्रदान गर्नेछ ।

ब्याट्री स्वापिङ स्टेसनमा पहिले नै चार्ज गरेर राखिएका ब्याट्री हुन्छन् । इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो स्कुटरमा राख्न सक्छन् । यसका लागि लाग्ने आवश्यक रकम सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ । यही नै ब्याट्री स्वापिङको महत्वपूर्ण कार्य हो ।

यद्यपि यसका लागि स्कुटर कम्पनीहरुले पनि त्यसै अनुसारको ब्याट्री विकास गरेको हुनुपर्छ । गोगोरोले हाल आफ्नै स्कुटर पनि विकास गरेको छ भने अन्य स्कुटर निर्माता कम्पनीहरुसँग पनि यसका लागि आवश्यक सहकार्यको आह्वान गरेको छ ।

ब्याट्री स्वापिङ स्टेसनमा यसरी ब्याट्री स्वापिङ कार्य गर्दा करिव ६ सेकेन्ड मात्र लाग्ने कम्पनीको भनाइ छ । यसले गर्दा चार्जका लागि लामो समय लाग्ने झन्झट हुँदैन भने रेन्जको समस्या पनि हुँदैन ।

तीन आकर्षक इलेक्ट्रिक स्कुटर प्रदर्शन गरिने
गोगोरोका तीन नयाँ इलेक्ट्रिक स्कुटर सो अवसरमा प्रदर्शन गरिने छ । गोगोराका पल्स, जेगो र जीएक्स २५० स्कुटर उपलब्ध हुने नेबुला मोबिलिटीले बताएको छ ।

गोगोरो पल्स गोगोरोको प्रिमियम इलेक्ट्रिक स्कुटर हो । गोगोरोको पहिचान कायम गर्नमा विशेष भूमिका खेलेको गोगोरो पल्सलाई विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर भनिएको छ ।

त्यसैगरी गोगोरो जेगो मास इलेक्ट्रिक स्कुटर हो । सर्वसाधारण धेरैले प्रयोग गर्ने तरिकाले यसको डिजाइन गरिएको छ ।

त्यसैगरी गोगोरो जीएक्स २५० इलेक्ट्रिक स्कुटर कार्यालय प्रयोजनका साथै सामान ओसारपसार गर्न र अन्य कार्यका लागि समेत प्रयोग गर्न सकिने बहुउपयोगी छ ।

सम्बन्धित समाचारहरू

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...