मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
टाटा सिएराले कम्प्याक्ट एसयूभी सेगमेन्टमा हलचल मच्चाइरहेको छ । रेट्रो डिजाइन, एड्भान्स फिचर र शक्तिशाली प्याकेजका साथ बजारमा आएको सो गाडीले सुरुवातदेखि नै सबैको ध्यान खिचेको छ । खासगरी यसको एडभेन्चर प्लस र टप भेरिएन्टले यस्तो विशेषता दिएका छन् जुन अहिलेसम्म लाखौं मूल्यका लक्जरी गाडीहरूमा मात्र पाइन्छ । त्यो अनौठो विशेषता फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर अर्थात् एफडीडी प्रविधि हो ।
सो प्रविधिले गाडीको सस्पेन्सनलाई सडकको अवस्थाअनुसार आफैं समायोजन गर्छ । सामान्य सस्पेन्सन जहिले पनि एउटै कडापनमा काम गर्छ तर एफडीडीले सडकमा आउने झट्काको गति र आवृत्ति हेरेर तुरुन्तै आफूलाई नरम वा कडा बनाउँछ । फलस्वरूप खाल्डाखुल्डी र कच्ची बाटोमा गाडी एकदमै नरम र आरामदायी हुन्छ भने राजमार्गमा उच्च गतिमा दौडँदा गाडी पूर्ण रूपमा स्थिर र नियन्त्रणमा रहन्छ ।
एडभेन्चर प्लस भेरिएन्टबाट सुरु हुने सो प्रविधिसँगै टाटा मोटर्सले अन्य धेरै प्रिमियम फिचर पनि समावेश गरेको छ । यसमा १८ इन्चको अलोय ह्विल, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, बोस मोड, एम्बियन्ट लाइटिङ, ६०/४० स्प्लिट फोल्डिङ रियर सिट र थाई सपोर्ट एक्सटेन्सन्स जस्ता फिचर समावेश छ साथै यसको टप भेरिएन्टमा १२.३ इन्चको प्यासेन्जर स्क्रिन पनि दिइएको छ ।
टाटा सिएराको मूल्य ११ लाख ४९ हजार भारुबाट सुरु हुन्छ भने बाँकी भेरिएन्टको मूल्य आगामी डिसेम्बरमा खुलाइने बताइएको छ । बजारमा यसले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती भिक्टोरिस, टोयोटा अर्बन क्रुजर हाइराइडर र होन्डा एलिभेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...