एनआईयू इलेक्ट्रिक स्कुटरमा अब ४ वर्ष वारेन्टी (मूल्य र फिचर सहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध एनआईयू इलेक्ट्रिक स्कुटरमा ४ वर्ष वारेन्टी उपलब्ध हुने भएको छ । नेपालमा एनआईयूको आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले हालै सो घोषणा गरेको हो ।

एनआईयूका इलेक्ट्रिक स्कुटर नयाँ किन्न पाइनुका साथै पुराना कुनै पनि मोडलका अन्य ग्यासोलिन टु ह्विलरसँग समेत सो ब्रान्डका इलेक्ट्रिक स्कुटर साट्न सकिने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा एनआईयूका विभिन्न ६ मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । यी स्कुटरका विभिन्न फिचर र मूल्य यस प्रकार छन् ;

एनक्यूआई जीटी
एनक्यूआई जीटीमा ३ हजार वाटको मोटर छ । यसमा भएको ४८ भोल्ट ३१ एएचको ब्याट्रीलाई फुल चार्ज गर्न ४ घण्टा लाग्छ । यसको टप स्पिड ७० किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ९० देखि १२० किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

एनक्यूआई जीटी
एनक्यूआई जीटीको अर्को मोडलमा पनि ३ हजार वाटको मोटर छ । यसमा भएको ६० भोल्ट २६ एएचको ब्याट्रीलाई फुल चार्ज गर्न साढे ३ घण्टा लाग्छ । यसको टप स्पिड ८० किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ९० देखि १३० किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।

एनक्यूआई स्पोर्ट
एनक्यूआई जीटीमा २ हजार ४ सय वाटको मोटर छ । यसमा भएको ६० भोल्ट ३५ एएचको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्छ । यसको टप स्पिड ४५ किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ६५ देखि ५ किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य ३ लाख ४८ हजार र ३ लाख ५३ हजार रुपैयाँ छ ।

गोभा ०३
गोभा ०३ मा २ हजार ७ सय वाटको मोटर छ । यसमा भएको ६० भोल्ट ४० एएचको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ६५ देखि ९० किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य २ लाख ७७ हजार रुपैयाँ छ ।

एमक्यूआई प्लस स्पोर्ट
एमक्यूआई प्लस स्पोर्टमा पनि १ हजार ५ सय वाटको मोटर छ । यसमा भएको ४८ भोल्ट ३१ एएचको ब्याट्रीलाई फुल चार्ज गर्न ६ देखि ७ घण्टा लाग्छ । यसको टप स्पिड ४५ किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ५५ देखि ८५ किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य २ लाख ७६ हजार रुपैयाँ छ ।

यूक्यूआई जीटी
यूक्यूआई जीटीमा पनि १ हजार ५ सय वाटको मोटर छ । यसमा भएको ४८ भोल्ट ३१ एएचको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्छ । यसको टप स्पिड ४५ किमी प्रतिघण्टा छ र सिंगल चार्जमा ५० देखि ७० किलोमिटर सम्म रेन्ज दिन्छ । यसको मूल्य २ लाख ७६ हजार रुपैयाँ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...